पाल्पामा दुई कोरोना संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

बुधबार पाल्पामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा पाल्पाका एक र स्याङ्जाका एक पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बगनासकाली गाउँपालिका १ , पाल्पाका ३८ वर्षिय पुरुषको र स्याङ्जाको गल्याङ नगरपालिका ४ स्याङ्जाका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाएका बगनासकाली १ का पुरुषको १२ गते कोरोना संक्रमणको पुष्टि भएपछि १४ गते अस्पताल भर्ना भई उपचार भैरहेको थियो ।

स्वास्थ्यमा समस्या भई १ गते अस्पताल भर्ना भएका गल्याङ्ग ४ का बिरामीमा २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधबार २ जनाको ज्यान गए संगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

शिक्षकमा कोरोना देखिएपछि वडा शीलः

यसैविच शिक्षकमा कोरोना पुष्टि भएपछि पूर्वी पाल्पाको एउटा वडा शील गरिएको छ । पूर्वखोला गाउपालिका वडा नं २ जल्पामा कार्यरत एक विद्यालयका शिक्षकमा कोरोना देखिएपछि वडा नै शील गरिएको हो । त्यहा स्थित शम्भु माध्यमिक विद्यालयमा अध्यापनरत एक शिक्षकमा कोरोना देखिएपछि गाउ पालिकाले एक सूूचना जारी गरि विद्यालय वन्द गर्नुका साथै वडा नेै शील गरिएको जनाएको छ । सो गाउपालिकामा गत हप्ता मात्रै विद्यालय खुला गरिएको थियो ।

पूर्वखोला गाउँपालिकाले प्रकाशन गरेको सूचनामा जल्पाको पूर्वमा साकिने तल्लो गाउँ पश्च्चिममा देवीनगरको राँघु भन्ञ्याङ उत्तरमा लाभे बजार क्षेत्र शिल गरिएको जनाएको छ । गाउपालिकाको सूचनामा कोभिड १९ पोजेटिभ देखिने व्यक्ती अर्थात शिक्षक समुदाय स्तरमा घुलमिल भएका कारण वडाको ती क्षेत्र शिल गर्नु परेको जनाइएको छ ।

कार्यालयका अनुसार यशी मंसिर १६ गते रातको १२ बजे बाट २३ गते रातको १२ बजे सम्म वडा शिल रहने छ ।