काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गेरेको छ ।

तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा विवाद हुँदा प्रदर्शन गरिएको थियो । सोही क्रममा पौडेल प्रहरी पक्राउमा परेका हुन् । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्न पौडेलले आग्रह गरेका छन् ।

कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा गरेको छ ।