आज देशभर थप १ हजार ३०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ हजार ५८३ नमुना परिक्षण गरिएको थियो जसमा १ हजार ३०४ जनाको रिपोट पोजिटिभ आएको हो । थपिएकामध्ये ५०१ जना महिला र ८०३ जना पुरुष रहेका छन् । यस्तै, कोरोना मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । हाल १६ हजार ६३३ जना सक्रिय संक्रमित छन ।

यस्तै, हालसम्म १ हजार ५ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।