जापानी युवराज राजकुमारीको विवाहका लागि तयार


टोक्यो,(एजेन्सी) ।

जापानका युवराज फुमिहितोले आफ्नी पुत्रीको उनको विश्वविद्यालयका ब्वाइफ्रेन्डसंगको विवाहका लागि स्विकृति दिएको जापानी संचार माध्यमले सोमवार जनाएको छ । लामो समय देखि तिनीहरुको विवाह स्थगित हुँदै आएको थियो । राजकुमारी माकोले सबैभन्दा पहिले सन् २०१८ मा गैर शाही परिवारका सदस्य केइ कोमुरोसंग विवाह गर्न खोजेकी थिइन् ।

त्यसको एक वर्ष अघि नै तिनीहरुको विवाहका लागि इन्गेज्मेन्ट भएको थियो । जापानको राजप्रासादले पछि ति दुलाहा हुने केइकी आमाको आर्थिक सम्स्या भएको कारण विवाह पर सारिएको भन्ने हल्लाको औपचारिक रुपमै खण्डन गरेको थियो ।

तर युवराजले अझै पनि एक पटक पुन आर्थिक समस्याका विषयलाई स्पट पारिनु पर्ने बताएको जापानी सरकारी समाचार निकाय क्यादोले पुष्टि गरेको छ । जापानी सम्राट नारुहितोका भाई तथा क्रिसान्थेमम राजगद्धिका पहिलो उत्तराधिकारी युवराज फुमिहितो उर्फ युवराज अकिसिनोले भनेका छन् , ‘ सबै मानिसलाई आश्वस्त पार्न र धुमधामका साथ विवाह आयोजना गर्न यस आर्थिक विषयलाई स्पष्ट पारिनु महत्वपूर्ण हुने मैले भनेको छुं । मेरो विचारमा मेरा हुनेवाला ज्वाईंको घरमा त्यस्तो कुनै पनि आर्थिक समस्या छैन । ’

हाल संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित फोर्डह्याम विश्वविद्यालयको कानुन विद्यालयमा उच्च शिक्षा हासिल गरिरहेका केइ कोमुरोले गत वर्ष पनि आफ्नो परिवारमा कुनै आर्थिक समस्या नरहेको बताएका छन् ।