नासाद्वारा आइरिस अन्तरिक्ष लक्ष बोक्ने बालकको प्रशंसा


लन्डन,(एजेन्सी) ।

अन्तरिक्ष मिसनमा सहभागी हुने आफ्नो सपना रहेको बताउने एकजना छ वर्षिय आइरिस बालकले लाखौं टेलिभिजन दर्शकहरुको मन जित्न सफल भएका छन् ।

एडम किंग नामक यि बालक प्रति अमेरिकी राष्ट्रिय वायु तथा अन्तरिक्ष निकाय ( नासा ) को समेत ध्यानाआकर्षण भएको छ । शुक्रवार प्रशारित आयरल्यान्डको चर्चित टेलिभिजन कार्यक्रम ‘ दि लेट , लेट टोय सो ’ मा उपस्थित भएका उनले आफु ठूलो भएपछि अन्तरिक्ष मिसन कन्ट्रोलका लागि काम गर्ने आफ्नो लक्ष रहेको बताएका थिए । शारिरीक रुपमा दुर्वल रहेका ति बालकलाई उक्त कार्यक्रम प्रशारणपछि अमेरिका तथा युरोपेली अन्तरिक्ष निकायहरुका उच्च दर्जाका अन्तरिक्ष यात्रीहरुले उनलाई सहयोग गर्ने वाचा सहितका सन्देश पठाएका छन् ।

नासाले यसरी टिव्ट गरेको छ , ‘ एकदिन हाम्रो टोलमा सम्मिलित हुन चाहने यि बालकको हामी अधैर्य भएर प्रतिक्षा गरिरहेका छौं । ’ आयरल्यान्डमा लामो समय देखि संचालनमा रहेको टेलिभिजनको यस कार्यक्रममा क्रिशमसको उपलक्षमा आयोजित विशेष कार्यक्रममा पाहुनाका रुपमा ल्याइएका थौरै मध्ये किंग पनि एक हुन् । काउन्टि कोर्क निवासी उनी आफ्नो क्यारियर महत्वाकाँक्षबारे यस्तो कुरा बताएर यस वर्षको सोकै स्टार बन्न सफल भएका छन् ।