चुनावी एजेन्डा पुरा हुदैछन् : मन्त्री अर्याल

0
Shares

भूपराज बस्याल, स्याङ्जा  ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले चुनावी एजेन्डाहरु पूरा हुँदै गएको बताउनुभएको छ ।

सोमबार गल्याङ नगरपालिका एक मालुङामा पन्ध्र सैयाको मालुङा प्राथमिक स्वास्थ केन्द्रको शिलान्यास गर्दै मन्त्रीले यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङनले नै भनेको छ ।’

विगतमा जे जसो भएपनि अब पहुँचका आधारमा विकास नहुने भन्दै अब आवश्यकताका आधारमा बिकासको मोडालिटी तय भएको मन्त्रीले अर्यालले बताउनुभयो । वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको उहाँले बताउनुभयो । आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्दघोष गरेको छ ।’

उक्त शिलान्यास कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, संविधानसभा सदस्य मुक्ति पाठक, गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारी लगायतले बोल्नु भएको थियो ।