बाइडेनसँग ह्वाइट हाउसमा बस्ने कुकुर मेजर पहिलो रेस्क्यु डग


वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट उम्मेदवार पुर्व उप राष्ट्रपति जोय् बाइडेनले अहिलेसम्म देशमा भएका चुनावमध्य सबैभन्दा धेरै मत हासिल गरेर इतिहास रचे । इतिहास रच्ने बाइडेन मात्र होइन उनको जर्मन सेफर्ड मेजरले पनि बनाएको छ । बाइडेनसँग दुई पाल्तु कुकुर छन् जसमा एक मेजर ह्वाइट हाउस पुग्ने पहिलो रेस्क्यु डग हुने छ । त्यही कुकुरसँग खेल्ने क्रममा बाइडेनको खुट्टा फ्याक्चर भएको हो ।

मेजर नामक उक्त कुकुर सन् २०१८ मा डेलावेर ह्युमन असोसिएसनबाट एडप्ट गरिएको हो । बाइडेनले त्यतिबेला भनेका थिए, हामी मेजरलाई बाइडेन परिवारमा सहभागी गराउन पाएकोमा खुसी छौं र हामी डेलावेयर ह्युमेन असोसिएसन प्रति मेजर र अन्य कयौं जनावरका लागि घर खोज्ने काम गरिरहेकोमा आभारी छौं ।

त्यसको १० बर्ष अघि सन् २००८ मा उनकी पत्नी जिलले उपहार स्वरुप बाइडेनलाई च्याम्प दिएकी थिइन् । जब बाराक ओबामा सरकारमा जो बाइडेन उपराष्ट्रपति बने त्यतिबेल च्याम्प उनीसँगै थियो । आप्mना कुकुर प्रति बाइडेनको प्रेम सबैलाई थाहा छ । उनी आप्mनो सामाजिक सन्जालमा दुबैको तस्विर शेयर गरिरहन्छ । यहाँसम्मकी दुबैको आफ्नै अकाउन्ट समेत छ जसबाट बाइडेनलाई चुनावमा किर्तिमान भोट हासिल गरेकोमा बधाइ पनि दिइएको थियो ।

ह्वाइट हाउसमा बाइडेनसँग च्याम्प र मेजर मात्र होइन एउटा विरोलो पनि हुनेछ । सीबीएस सन्डे मर्निगले ट्विट मार्फत यसको जानकारी दिएपछि नागरिकहरुको उत्साह एकाएक बढेको छ । ह्वाइट हाउसमा कुकुर र विरालोलाई सँगै राख्नुलाई जनताले विभाजित देशलाई जोड्ने प्रयासका रुपमा लिएका छन् ।

जिल बाइडेनले सेप्टेम्बरमा दिएको एक अन्तरवार्तामा एक विरालो राख्न चाहेको बताएकी थिइन् ।

यसअघि ह्वाइट हाउसमा बिल र हिलारी क्लिन्टनसँग बसेका विरालो सक्स अत्यन्त चर्चित बनेकी थिइन् । त्यो एक स्ट्रे क्याट थिइन्, जसले सन् १९९३ देखि २००१ सम्म ह्वाइट हाउसमा विताएका थिए । त्यसपछि जर्ज बुशले पनि आफुसँग विरालो ल्याएका थिए जसको नाम इन्डिया थियो । बाराक ओबामासँग दुई कुकुर बो र सनी आएका थिए । सन् १८४९ का जेम्स पोकपछि डोनाल्ड ट्रम्प त्यसतो पहिलो राष्ट्र्रपति रहे जसले आफ्नो कार्यकालमा कुनै पाल्तु जनावर राखेन ।