संसदमै सुंगरको आन्द्रा हानाहान


ताइपेइ (एजेन्सी) ।

ताइवानमा विपक्षी विधायकहरुले संसदमा सत्तारुढ नेताहरुमाथि सुंगुरको मासु प्रहार गरेका छन् । नेताहरुमा विचारको तकराव र मतभेद अनौथो घटना होइन तर यस घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको छ ।

अमेरिकाबाट सुुंगुरको मासु आयात गर्ने सरकारको विवादस्पद निर्णय विरुद्ध विपक्ष सांसदहरुले उक्त वितन्डा मच्चाएको हो । मासु आयातको विरोधीहरुका अनुसार अमेरिकाबाट पोर्क आयात गर्ने फैसला स्वास्थ्यका लागि खतरा हो । यसमा रेक्टोपेमान हुन्छ जुन तत्व ताइवान र युरोपेली युनियनमा प्रतिबन्दित छ ।

देशका सत्तारुढ दले उक्त आरोपको खन्डन गरेको छ र छलफलका लागि आह्वान गरेको छ । ताइवानमा संसदमा हुने यस प्रकारको हंगामा सामान्य हो । यस पटकको भिडन्तमा प्रमुख विपक्षीदल कुओमिंटांग पार्टीले प्रिमियर सु सेंग चांगलाई ताकेर शुक्रबार सुंगुरको आन्द्रा प्रहार गरे । उनलाई संसदमा प्रश्नको जवाफ दिन रोक्न खोजिएको थियो । यसबीच सांसदहरुबीच सामान्य हाताहाल पनि भएको थियो ।

सत्ताधारी डेमोक्र्याटिक प्रोग्रेसिव पार्टी (डीपीपी)ले विरोध प्रदर्शनको निन्दा गरेको छ । संसदमा खाना बर्बाद गरी दुर्गन्ध फैलाएको पनि पार्टीले आरोप लगाए । यस मुद्दामा सही ढंगले बहस गर्न पनि अपिल गरे । वासिंगटनलाई ताइवानकी राष्ट्रपति साई इंग वेनको फैसलाको समर्थन गरेको छ । उक्त फैसलामा जनवरी १ देखि अमेरिकाबाट सुंगुरको मासु आयात खुला गरिएको छ । तर यसले जनताको स्वास्थ्यमाथि खेलवाड भएको बताउँदै विपक्षीले फैसलाको कडा विरोध गरिरहेको छ ।