ट्राफिक समस्या हटाउन ड्रोनको प्रयोग


सोल (एजेन्सी) ।

दक्षिण कोरियाले ट्राफिक समस्याको अत्याधुनिक समाधान निकालेको छ । कोरिया सरकारले गत जुनमा कोरियन अर्बन एयर मोबिलिटी (केयूएकएम) रोडम्यापको घोषणा गरेको थियो र नोभेम्बर २४ मा दुई सिटर पेसेन्जर ड्रोनले सोल, डाईगु र जुजु टापुमा परीक्षण उडान पुरा गरे ।

सरकारको योजना अनुसार कोरिया २०२३ ( २०२५ बीच ड््रोन सेवालाई ब्यवसायिकरण गर्नु हो । चीन स्थित इहांग होल्डिंग्सले कोरियामा ड्रोन ट्याक्सी आपुर्ति गरेको हो र इहांग २१६ को दुई सिटर यात्रु बोक्ने ड्रोनको उडान पुरा गरेको छ ।

सोलमा इहांग २१६ यउइडो टापुबाट उडान भर्दै घना आवादी भएको इलाका माथिबाट गएको हो । दोस्रो उडान सुसिओंग जिलाको डाइगु सिटीमा गरिएको थियो जहाँ ११९ फायर इमजेन्सी किट र एईडी सामाग्रैको प्याकेज हस्तान्तरण गरियो । अन्तिम उडान जेजु टापमा गरियो, जहाँ इहांग २१६ तट माथिबाट हवाई दृष्यावलोकन उडान नमुना प्रस्तुत गरिएको थियो ।

कम्पनीको एक विज्ञप्तीमा भनिएको छ, कोरियामा उडानको पहिलो एसएसी (स्पेसल सर्टिफिकेट अफ एयरवर्डीनेस) प्राप्त भएपछि पुरा गरियो । जसलाई मोलिटले पेसेन्जर ग्रेड एएभीका लागि जारी गरिएको थियो । तीन फ्लाइट्समा इहांगको यूएएम सोलुसनको ब्यवहारिक प्रयोग देखाइयो ।