कोरोना भाइरस भारतबाट फैलिएको हुनसक्ने चिनियाँ वैज्ञानिकको दावी


एजेन्सी ।

विश्वमा कहर मच्चाइरहेको कोरोना भाइरसको श्रोतलाई लिएर पटक पटक नयाँ तथ्य बाहिर आउने गरेको छ । यसबीच चीनले भारतबाट पहिलो पटक कोरोना भाइरस विश्वमा फैलिएको दावी गरेको छ ।

चीनको एकेडमी अफ साइन्सेजका वैज्ञानिकहरुको एक टोलीले कोरोना भाइरस सम्भवत भारतमा स्रन २०१९ को गर्मिमा उत्पन्न भएको बताएको छ । उक्त चिनियाँ टोलीले कोरोना भाइरस पशुहरुको दुषित जलका माध्यम माध्यमबाट मानवमा प्रवेश गरेको बताए । त्यसपछि यो वुहान पुग्यो, जहा कोरोना भाइरस पहिलो पटक पहिचान भएको हो । सोध पत्रमा चिनियाँ दलले कोरोना भाइरसको स्रोत पत्तालगाउन फिलोजेनेटिक विश्लेषण ( कोरोना भाइरस म्युटेट हुने तरिकाको अध्ययन) को सहयोग लिइएको थियो । अन्य सबै कोषहरु जस्तै भाइरस पनि परिवर्तन हुन्छ र फेरी उत्पन्न हुन्छ । यस क्रममा भाइरसको डीएनएमा सामान्य परिवर्तन आउँछ । चिनियाँ वैज्ञानिकहरुका अनुसार जुन भाइरस अत्यन्त कम म्युटेसन भएको हो, त्यसलाई पत्ता लगाई कोरोना भाइरसको स्रोत पत्ता लगाउन सकिन्छ ।

चिनियाँ वैज्ञानिकहरुले यसै विधिको प्रयोग गरी वुहानमा प्राप्त कोरोना भाइरस वास्तविक भाइरस नभएको दावी गरेका छन् । जाँचमा कोरोना भाइरसका बंगलादेश, अमेरिका, ग्रिस, अष्ट्रेलिया, भारत, इटाली, चेक रिपब्लिक, रुस वा सर्बियामा उत्पन्न भएको संकेत प्राप्त भएको उनले बताए । चिनियाँ शोधकताहरुले भारत र बंगलादेशमा सबैभन्दा कम म्युटेसन भएका नमुना प्राप्त भएको बताए । यी दुबै चीनका छिमेकी देश हुन् र त्यसैेले सबैभन्दा पहिला संक्रमण पनि त्यहीँ भएको हुन सक्ने सम्भव छ । भाइरस म्युटेसनमा लागेको समय र ती देशबाट लिइएका नमुनाका आधारमा चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस सन् २०१९ जुलाइ वा अगस्टमा पहिलो पटक फैलिएको हुन सक्ने दावी गरेका छन् ।

चीनका वैज्ञानिकरुले भने , पानीको अभावका कारण बाँदर जस्ता जंगली जनावर पानीका लागि प्राय झगडा गर्छन् र यसले निश्चित रुपमा मानव तथा जंगली जनावरबीच सम्पर्कको खतरा बढेको हुन सक्छ । पशुहरुबाट मानवमा कोरोना भाइरस फैलिनुको सम्बन्ध असामान्य गमीका कारण भएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । भारतको स्वास्थ्य प्रणाली र युवा आवादीका कारण यो रोग कयौं महिनासम्म बिना पहिचान फैलिरहेको चिनियाँ वैज्ञानिकहरुले दावी गरेका छन् । चीनमा कोरोना भाइरस युरोपको मार्ग भएर आएको पनि उनीहरुले बताएका छन् । त्यसैले वुहानको महामारी यसको एक हिस्सा मात्र हो । चीनको वुहानमा सन् २०१९ डिसेम्बरमा कोरोना भाइरसको पलिहो संक्रमण बाहिर आएको थियो ।

यसअघि चीन तथा केही पश्चिमी सोधकर्ताहरुले इटाली र अमेरिकाबाट कोरोना भाइरस फैलिएको हुन सक्ने आशंका ब्यक्त गरेका थिए ।
चिनियाँ वैज्ञानिकहरुको यस दावीलाई बेलायतका ग्लास्गो युनिभर्सिटीका एक विशेषज्ञ डेविड रोबर्टसनले दोषपुर्ण भएको बताएका छन् । यस सोधले कोरोना भाइरसका बारेमा ज्ञानलाई बृद्धी नगर्ने उनले बताए ।

यसबीच विश्वस्वास्थ्य संगठन कोरोना भाइरसको स्रोत पत्ता लगाउने प्रयास गरिरहेको छ । डब्ल्युएचओको हाल सम्मको खोजले कोरोना भाइरस चीनमा उत्पन्न भएको भन्ने छ । डब्ल्युएचओले आफ्नो एक अनुसन्धान टोली चीनमा पठाएकोछ ।