चिनियाँ रक्षामन्त्री फेङही आइतबार नेपाल आउँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने नेपाल भ्रमणमा आउने भएका छन् । सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार एकदिने नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको छ ।

भ्रमणमा स्टेट काउन्सिलर वेई फेङही, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ । काउन्सिलर फेङही आइतबार नै चीन फर्कने छन् ।