भारतीय सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु भएको छ । मत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३० बर्षीय प्रेम केसी रहेका छन् ।

भारतको जम्मु कश्मीरमा कार्यरतको उनको शुक्रवार विहान एक आतंकारी हमलामा परि मृत्यु भएको हो । हमलामा परी गम्भीर घाइते भएका उनलाईे उपचारका लागि लैजादेँ गदा मृत्यु भएको बताइएको छ ।

मृतक विगत १४ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेका छन् ।