आज देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण, २३ संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । हाल देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट आज देशभर थप २३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।