चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन डा. प्रसाईको निधन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन एवं त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक डा. भीष्मराज प्रसाईको बुधबार साँझ मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ ।

मुटुमा समस्या आएका कारण डा. प्रसाईलाई गत कात्तिक २८ गते अस्पताल भर्ना गरिएको थियो । उहाँले आइओएम चिकित्साशिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमीका खेल्नुभएको थियो । डा. प्रसाई त्रिवि उपकूलपति र शिक्षाध्यक्षसमेत हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरीहरू र छोरा हुनुहुन्छ ।