रहेनन् ललितपुर महानगर सल्लाहकार शिक्षाविद् केदारलाल श्रेष्ठ

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाका सल्लाहकार शिक्षाविद् प्रा.डा. केदारलाल श्रेष्ठको बुधबार निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको महानगरद्धारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

उहाँ केही समयअघिदेखि अस्वस्थ हुनुहुन्थ्यो । महानगरप्रमुख चिरीबाबु महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘दिवंगत आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा ललितपुर महानगरपालिका गहिरो समवेदना व्यक्त गर्दछ । ’ स्वर्गीय केदारलालको पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।