अक्सफोर्ड र एस्ट्राजेनकाद्वारा खोप उत्पादनमा गल्ती रहेको स्वीकार


लन्डन (एजेन्सी)

विश्वमा धरैले आशावादी भएर प्रतिक्षा गरिरहेको अक्सफोर्ड र एस्ट्राजेनकाले कोरोना खोपलाई लिएर उत्पादनमा खराबी रहेको स्विकारेको छ । यस स्विकारोक्तीले खोपको परीक्षण शोध नतिजामा संकटको बाडल मन्डराएको छ । हालै मात्र खोपको तेस्रो चरणको परीक्षणको परिणाम जारी गरिएको थियो जसमा फरक फरक नतिजा देखिएको थियो । त्यसैले विज्ञहरुले यो प्रक्रियामा प्रश्न उठाइरहेका थिए ।

अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप कोविसिल्ड धरै नै प्रभावकारी रहेको दावी भइरहँदा बुधकार यसमा गल्ती रहेको बाहिर आएको समाचार एजेन्सी एपीले जनाएको छ । दावीमा पहिलो दुई खोपमा स्वयंसेवकहरुलाई अपेक्षा अनुरुप डोज किन नदिएको भन्ने विषयमा खुलाइएको छैन । परिणामको तुलना पनि फरक फरक खोपका मिश्रणसँग डोज दिइएकोसँग गरिएको छ ।

अक्सफोर्ड, एस्ट्राजेनकाले नोभेम्बर २३ मा जारी विज्ञप्तीमा बेलायत र ब्राजिलमा गरिएका परीक्षणमा खोप (एजेड१२२२) धरै नै असरदार पाइएको उल्लेख गरेको थियो । आधा डोज दिँदा खोप ९० प्रतिशत प्रभावकारी देखियो । त्यसपछि अर्को महिला पुर्ण डोज दिइएको र त्यसको ६२ प्रतिशत प्रभावकारिता देखिएको बताइएको छ । त्यसको एक महिनापछि दुई पुर्ण डोज दिइएकोमा खोपको असर ७० प्रतिशत देखियो ।

अक्सफोर्डको कोरोना खोप भारतको पुणे स्थिति सिरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गर्ने तयारी भइरहेको छ । विश्वकै प्रमुख खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटका सीइओ अदार पुनावालले फेब्रुअरीको अन्तिम हप्ता सम्म कोविसिल्डको कम्तिमा १० करोड डोज तयार गर्ने बताएका थिए ।

अहिलेसम्म ४० लाख डोज तयार भइस्केको र केन्द्र सरकार यसलाई २ सय ५० रुपैया (भारु) वा त्यो भन्दा कम मुल्यमा खरिद गर्न तयार रहेको उनले बताए । निजि बजारमा कोविसिल्डलाई ५ सय देखि ६ सय भारुमा उपलब्ध हुन सक्ने पुनावालाले बताए । यसले वितरकहरुलाई पनि फाईदा हुने उनले बताए ।

फाइजर पनि ९५ प्रतिशत प्रभावकारी

अमेरिकी फार्मा कम्पनी फाइजर तथा जर्मन कम्पनी बायोएनटेकको संयुक्त कोरोना खोप अन्तिम अर्थात तेस्रो चरणको परीक्षणमा ९५ प्रतिशत प्रभावकारीता प्रमाणित भएको छ । यो खोप बृद्ध ब्यक्तीहरुका लागि पनि प्रभावकारी भएको कम्पनीले जनाएको छ । यसमा कुनै प्रकारका साइड इफेक्ट देखिएको छैन । फाइजर यसै बर्ष खोपको ५ करोड डोज बनाउने तयारीमा छ ।

फाइजरले स्वयंसेवकलाई खोपको पहिलो डोज दिएको २८ दिनपछि उनीहरुमा कोरोना मुक्त हुनमा ९५ प्रतिशत प्रभावकारी भएको जनाएको छ । यसको सफलतासँगै अमेरिकी खाद्य तथा औषधी प्रशासन (युएसएफडिए)बाट आपतकालिन अनुमति प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खोप अत्यन्त जोखिम आवादीका लागि यो बर्षको अन्त्यसम्म अनुमति दिन सकिने छ तर यो योजनाबद्ध रुपमा अगाडी बढ्ने सुनिश्चिततामा मात्र सम्भव हुने छ । फाइजर र बायोएनटेकले हरेक बर्ष १ अर्ब ३० करोड डोज उत्पादन गर्न सक्ने तर यो विश्वको आवश्यकता भन्दा कम भएको बताए ।

११ खोप अन्तिम चरण

डब्ल्युएचओको कोविड १९ खोप ल्यान्डस्केप अनुसार अहिले विश्वमा २ सय १२ खोपमा काम भइरहेको छ । यसमा पनि ४८ खोप क्लिनिकल ट्रायलमा छन् र यसमा ११ खोप अन्तिम चरणमा अर्थात बृहत स्तरमा परीक्षणमा सक्रिय छन् ।