मकवानपुरका गुरुङ बने सर्वोत्कृष्ट प्रदेश प्रहरी

0
Shares

न्युज अफ नेपाल,हेटौंडा।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत् प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यरत् प्रहरीबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवम् हौसला प्रदान गर्ने उद्धेश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७’ मा उल्लेखित व्यबस्थाअनुसार कार्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

मकवानपुरमा भएका विभिन्न घटना अनुसन्धान, लागुऔषध बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेकोलगायत कार्यको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले उहाँलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।