भिन्तुना जागरण अभियानको पर्याय


सुरजवीर बज्राचार्य

नेपाल संवत्् ११४१ ‘न्हूदँया भिन्तुना’ ‘अर्थात् नेपाल संवत्् ११४१ नव वर्षको शुभकामना’ ‘भिन्तुना’ को अर्थ मात्र शुभकामना भन्ने मात्र लाग्दैन, यो एक जागरण हो, आन्दोलन हो।
अन्यायको सम्बोधनको उद्देश्य प्राप्तिका लागि हुने आन्दोलनमा सहभागिताको प्रभाव रहने नै भयो। नेपाल संवत््को आन्दोलनमा सम्पूर्ण नेवार समुदायका साथै नेपाल संवत् नै राष्ट्रको मौलिक संवत् हो भन्ने पिँढी दरपिँढी नै आन्दोलनकारी। नेपालको मौलिक संवत्, यही माटोमा जन्मिएको, इतिहाससँग जोडिएको आफ्नै नेपाल संवत्ले राज्यबाट पूरै बेवास्ताको अनुभूति मात्र होइन, संसारकै एउटै मात्र देशको नामबाट स्थापित संवत्को अस्तित्व मेटाउनसमेत शक्ति परिचालन गरेकाले राज्य नै शत्रुका रूपमा अघि रहने अवस्था छ। ‘नेपाल संवत् राष्ट्रिय संवत्, ‘शंखधर साख्वा अमर जुइमा’, ‘न्हूगु दँया भिन्तुना’ पीडाका साथ राज्यलाई सुनाउन गुञ्जिएको यस्तै आवाज निरन्तर गुञ्जिरह्यो। पीडित भइकन पनि जितको भावसाथ खुसी प्रवाह हुने आवाजका साथ। हालसम्म पनि सोही उत्साहका साथ स्वन्ति पर्वको आगमनसँगै सोही वातावरणले सुवास छर्न थाल्छ।

नयाँ वर्षको आगमनसँगै घरघरमा लक्ष्मीपूजा, म्हःपूजा, किजापूजा (भाइटीका) को व्यस्तताकै बीच समय निकालेर विभिन्न कार्यक्रममा सहभागी हुने सबैको योजना रहने गर्छ।

नेपाल भाषा आन्दोलनका नेता तथा अधिकारकर्मी मल्ल के. सुन्दरका अनुसार ‘न्हूदँया भिन्तुना भनेर नयाँ वर्ष मनाउन शुरू गरेका ती दिनमा सांस्कृतिक ¥यालीको आयोजना हुने गथ्र्यो। आन्दोलनकैरूपमा अघि बढेको त्यो समय भनेको नेपाल संवत् ११०० को नयाँ वर्ष हो तर सार्वजनिकरूपमा नयाँ वर्ष मनाउने कार्य त त्योभन्दा अघिदेखि हुने गर्दथ्यो। स्वन्ति पर्वको समयमा प्रायः व्यस्तता रहने हुँदा यो अवधि पछि एक महिनासम्म पनि टोलटोलमा संगीत सम्मेलनको आयोजना हुने गर्दथ्यो एउटा प्रचलनकै रूपमा। यसमा अग्रता दिने प्युखाको लुमन्ति खलः त्यसपछि केलत्वाः जनबहाःको लय्ता दबु, ओमबहालको ओलम्पस क्लब, न्हूजः खलः, थँहितिको नेपाल मैत्री अध्ययन मण्डल, क्षेत्रपाटी डबलीमा क्षेत्रपाटी क्लबले आयोजना गर्ने कार्यक्रम, काठमाडौंका मात्र नभई ललितपुर तथा अन्य स्थानमा पनि रातको १–२ बजेसम्म संगीत सम्मेलन हुने गर्दथ्यो।

यस्तै, आयोजनाबाट उदाएका एक राष्ट्रियस्तरका व्यक्तित्व कलाकार मदनकृष्ण श्रेष्ठ हुन्। साथै, द्वारिकालाल जोशी, रामप्रसाद मानन्धर, सत्यनारायण राजभण्डारीजस्ता धेरै कलाकार यसै समयको कार्यक्रमबाट चम्केका कलाकार हुन्।’
‘कालिमाटीमा प्रेममान चित्रकार, डा. कृष्णबहादुर मानन्धर, धु्रवनारायण मानन्धर (हाल १३ वडाका अध्यक्ष) उनीहरूको समूह दाफा खलःले पहिलो पल्ट स्टेरियो साउन्डमा नेपाल भाषाको गीति संग्रह क्यासेट सार्वजनिक गरेको म सम्झिन्छु। त्यसभन्दा पहिले पनि विभिन्न संगीत सम्मेलनका गीतहरू डबलीमै भएको प्रस्तुतिका रेकर्डहरू क्यासेटमा सार्वजनिक नभएका होइनन्। तर, नेपाल संवत् नयाँ वर्षको अवसरमा नेपाल भाषाको गीति संग्रह सार्वजनिक गर्ने तथा बिक्री वितरण गर्ने कार्यले पछि तीव्रता पनि पाउँदै गायो। यसरी नै नेपाल भाषाको पहिलो सिडी गीति संग्रह पनि यही अवसरमा सार्वजनिक भयो। लोकप्रिय गायक भीम तुलाधरले आक्का सिडी कम्पनीमार्फत नेपाल भाषाको राजमति, बांलाबांलाचिंगु मिखाजस्ता लोकप्रिय गीतहरू डिजिटलाइज गरी सार्वजनिक गरेको उक्त सिडीको मूल्य म सम्झिन्छु, १ हजार ५ सय रुपियाँ परेको थियो। कम्पनीले पनि देशबाहिर गएर उत्पादन गरेर बजारमा ल्याएको नेपाल भाषाको गीति संग्रहको पहिलो सिडी अविस्मरणीय छ।

यति मात्र नभएर, नयाँ वर्षको अवसरमा मोटरसाइकल ¥याली हुन्थ्यो। ¥यालीमा मदनकृष्ण श्रेष्ठ, द्वारिकालाल जोशी, नगिना जोशी, भीम तुलाधरजस्ता लोकप्रिय कलाकारलाई लिएर जाने र गन्तव्यमा पुगेपछि सो स्थानमा संगीत सम्मेलनको आयोजना हुने गथ्र्याे। यो निकै रमाइलो अवसर एउटा परम्परा नै बन्यो। कलाकार, साहित्यकार र प्रकाशकले पनि नयाँ वर्षको यही अवसर पारेर आफ्ना सिर्जना प्रकाशन सार्वजनिक गर्ने चलन नै बन्यो। यो समयमा पाँच सयदेखि हजारप्रति क्यासेट सजिलै बिक्री हुने भएकोले पनि सबैको यो अवसरप्रति सबैको आकर्षण रहँदै आएको छ।’

मल्ल के. सुन्दरले भने झैं नयाँ वर्षको अवसरमा विभिन्न संघ–संस्थाका साथै क्याम्पस–क्याम्पसमा स्थापित विभिन्न साहित्य पाला, खलः, पुचःहरूले पनि वार्षिक पत्रिका प्रकाशन गर्ने चलन चल्यो। विद्यार्थी आफै खटिइ विज्ञापन, लेख रचना संकलन गरी प्रकाशन गर्दै आएको यस्तो वार्षिक पत्रिकाको छुट्टै महŒव छ। यस्तो प्रकाशनले कैयौं व्यक्तिलाई साहित्यकार, लेखक, सम्पादक बनाएको छ जो आजको नेपाल भाषा प्रकाशन, प्रसारण, कला क्षेत्रका स्तम्भ बनेका पनि व्यक्तिहरूको जग पनि जोडिन्छ, ती गतिविधिसँग। विद्यार्थी जनशक्तिले तयार पारेको पुस्तक बिक्री गरी आफ्नो संस्थाको कोष बढाउने मात्र नभई सिर्जनाको चहलपहल र प्रतिक्रियाको मौसम पनि यही अवधिले ल्याउने गर्दथ्यो।

सहकर्मी सुरज व्यञ्जनकारको एकल संगीत ‘सुलाकासा’ गीति संग्रहसँग जोडिएका यादहरू पनि बग्न थालेका छन् यी शब्दसँगै। यस क्यासेटमा संगीतकार व्यञ्जनकार र मेरो रचना समावेश भएको थियो भने गायनमा पनि वरिष्ठ लोकप्रिय कलाकारका साथ हामी पनि थियौं। नेपाल संवत्को कछलाथ्व पारुकै दिन बिक्री गर्ने लक्ष्य लिएर पाँच सयप्रति बनाएको क्यासेट ललितपुरमै बिकेको र काठमाडौं तथा अन्य स्थानका लागि अर्को उत्पादन गर्नुपरेको स्मरण पनि गर्दै छु।

‘न्हूदँया भिन्तुना’को अवसरमा निकै मन रमाउने एउटा परम्परा मोटरसाइकल ¥याली पनि हो। बर्सेनि काठमाडौंबाट विभिन्न जिल्लामा मोटरसाइकल ¥यालीको आयोजना गर्दै आएका संगठन छन्। सिन्हस्वां खलःका संरक्षक तथा नेवाः भोलिन्टियर्स अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ‘मोटरसाइकल ¥यालीको आयोजना गर्न थालेको पनि दुई दशकभन्दा बढी भएको छ। यो ¥याली नयाँ वर्ष मनाउने तथा नेपाल संवत्को प्रचार–प्रसार परम्परामा युवाको सहभागिताका लागि एउटा आकर्षण बनेको छ। मोटरसाइकल ¥याली रमाइलो छ भन्ने मान्यता मात्रै बोक्नेहरूको समूह पनि होला तर विभिन्न जिल्लामा पुग्दा मातृभाषा बोल्न नजानेकै पीडा उत्पन्न हुन्छ। साथै, कला, संस्कृति, परम्पराबाट टाढा रहेको, अन्य विभिन्न परम्परासँग मिसिएको जीवनशैलीजस्ता अवस्था पनि हुन्छन्। ¥यालीमा नछुट्ने उपत्यकाको कला र कलाकारको प्रस्तुति पनि हो। उक्त गन्तव्यमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सोही स्थानको सांस्कृतिक पक्ष र कला प्रस्तुति, आदानप्रदानले पनि उत्साह दिन्छ। नेवार एकताको कुरा त यसमा जोडिने नै भयो, त्यति मात्र नभई ती स्थानमा बसोबास गर्ने अन्य जातजातिको समेत सहभागिता, प्रस्तुति पनि यसको अर्को सुन्दर पक्ष हो ।’

वरिष्ठ कलाकार जुजुकाजी रन्जित चलचित्र गायनमा पनि लोकप्रिय नाम हो। गीति संग्रहमा विभिन्न कलाकारको आवाजमा नछुट्ने आवाज उनको पनि हो। उनका अनुसार लोकप्रिय यी गायकको विभिन्न गीति संग्रहमार्फत गीत सार्वजनिक भएपछि आफ्नै एउटा सोलो गीति संग्रह निकाल्ने इच्छा पूरा गर्न कार्य व्यस्तताकै कारण पनि गाह्रो भइरह्यो। ‘गरौं भन्दाभन्दै वर्षौं बित्यो। तर, दुई दशकअघि नातिबज्रको रचना, सुरेशमान श्रेष्ठको संगीतमा मेरो स्वरमा ‘स्वय्नगु’ नयाँ वर्षको अवसरमा सार्वजनिक भएको हो। त्यो बेला गीतको क्यासेट बेच्ने भनेकै नयाँ वर्षको अवसरमा हुने कार्यक्रममै त हो।’

प्रत्येक वर्ष हुने कार्यक्रमका लागि वसन्तपुरमा डबली निर्माणको कार्य गर्दै आएको सम्झिन्छन् अभियन्ता पवित्र बज्राचार्य। आफ्नो नेतृत्वमा रहेको ओलम्पस क्लबले नेपाल संवत् ११०४ मा मोटरसाइकल ¥याली आयोजना गरेको सुनाउँदै आफ्नो जन्मस्थान काठमाडौंको ओमबहालमा सधंै सबैको साथ–सहयोग रहने गरेका कारण पनि आयोजना सहज बन्ने गरेको उनी सुनाउँछन्। ‘मोटरसाइकल ¥याली आयोजना गर्दा धेरै मिहिनेत गर्नुपर्ने, स्रोतको खोजी र व्यवस्थापन चुनौतीपूर्ण बन्ने तथा आयोजनापश्चात् खर्च व्यवस्थापन गर्नसमेत गाह्रो हुने अनुभव सुन्दै आएको थिएँ, आफूहरूले भने मोटरसाइकल ¥याली आयोजना गरी क्लबको भवन निर्माण ग¥यौं।’

‘भव्य सांस्कृतिक कार्र्र्यक्रम हुन्थ्यो। सबै कलाकार सहयोगी भावनाका साथ सहभागी हुन्थे। त्यो बेला कार्यक्रम कम हुने भएकाले सहभागी हुन पाउनु नै पनि एउटा अवसर हुन्थ्यो। लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ त्यो बेला झोछेंमा बस्थे। झोछेंको प्रकाश पुस्तकालयले आयोजना गरेको प्रतियोगितामा प्रथम भएका थिए। यही स्थानमा यस्तै कार्यक्रमबाट लोकप्रियता हासिल गरेका मदनकृष्णका साथै द्वारिकालाल जोशी, सत्यनारायण राजभण्डारीजस्ता कलाकारको सहभागिता पनि रहन्थ्यो। सायद, यही कार्यक्रमको प्रभाव होला नगिना, न्ह्यू बज्राचार्य पनि कला क्षेत्रमा अग्रसर भए।’

‘त्यो बेला वडाध्यक्षको जिम्मेवारीमा पनि थियो– प्रत्येक क्लबले यस्तो कार्यक्रमको आयोजनाका लागि वडाले पनि सहयोग गर्न सक्ने र आफूले मात्र होइन आफ्नो आग्रहमा विभिन्न वडाबाट समेत सहयोग भएका कारण पनि कार्यक्रमका लागि टेवा पुग्थ्यो।’

नेपाल भाषामा ख्याली जुजु अर्थात् हास्य सम्राटको उपाधिले विभूषित मदनकृष्ण श्रेष्ठ पनि ‘न्हूदँया भिन्तुना’को अवसरमा आयोजना हुने विभिन्न संगीत सम्मेलनमा भाग लिएको सम्झन्छन्। ‘मोटरसाइकल ¥यालीमा सहभागी भएर पनि धेरै यात्रा गरियो। पोखरा, वीरगन्ज, हेटौंडा पुगें, गीत सुनाएँ। नारायणघाटमा श्रीकृष्ण अणुका साथ प्रहसन पनि प्रस्तुत गरेँ। धरान भने बसमा पुगेँ’ –उनले भने।

अगाडि एउटा गाडी हुन्थ्यो जसमा लाउडस्पिकर जडान हुन्थ्यो। बाटोको अवस्थाबारे जानकारी दिने, अन्य सूचना दिँदै यात्रा अगाडि बढ्थ्यो। वीरगन्ज जाँदा भने प्रहरीले कार्यक्रम रोक्यो। त्यो बेला व्यंगात्मकरूपमा ‘वीरगन्जको लामखुट्टे’ भन्दा सबैले मुर्दावाद भनेको पनि स्मरण हुन्छ उनलाई।

‘काठमाडौं उपत्यकामा त कार्यक्रम सधैं राम्रैसँग हुँदै आएको हो। मोटरसाइकल ¥याली ती स्थानमा प्रवेश गर्दा ती स्थानका
आयोजकले आवश्यक सबै बन्दोबस्त गरिराखेका हुन्थे। प्रायोजन, सहयोग संकलन गरेर त्यति ठूलो समूहका लागि खाना, बासको व्यवस्था गर्नुप¥यो। धरानमा पनि निकै उत्साहित थिए, त्यहाँका नेवारहरू। त्यहाँका नेवारले मातृभाषा नबुझ्ने भएकाले उद्घोषण दुई भाषामा गरी प्रस्तुतिमा समेत समावेशी गरी कार्यक्रम अगाडि बढ्यो। उक्त कार्यक्रममा पद्मरत्न, द्वारिकालाल जोशी, सत्यनारायण राजभण्डारी, रामप्रसाद मानन्धर, प्रेम औतारी पनि साथमै थिए। रमाइलो थियो त्यो बेला, साथै जोखिम पनि उत्तिकै।’

आठ दशक उमेर पार गरिसकेका भएका वरिष्ठ कलाकार जगमोहन वामीलाई ‘न्हूदँया भिन्तुना’ भन्न पाउँदा निकै खुसीको अनुभूति हुन्छ। नेपाल संवत् एउटा आन्दोलनका रूपमा अघि बढेको त्यो समय नेपालसंवत् ११०० अर्थात् ४१ वर्षअघिको स्वन्ति पर्व ताकाको उत्साहबाट आज पनि उत्साहित देखिन्छन् उनी। ‘यो वर्ष देखिएको उत्साह आफ्नो चापागाउँ क्षेत्रमा पछि भने कम हुँदै गयो। त्यो बेला कलात्मक ढोका बनाउने प्रतिस्पर्धा हुन्थ्यो। चापागाउँमा बनेको अन्नबाट लेखिएको आकर्षक अक्षरको समायोजन सबैका लागि उदाहरणीय बन्यो। तर, निरन्तर गर्न गाह्रो भयो। तैपनि, टोलटोलले पालैपालो सांस्कृतिक ¥यालीको आयोजना गर्दै आए। सांगीतिक कार्यक्रम पनि आयोजना हुन्थे। यही समयको लागि कलाकारको पनि व्यापक तयारी हुन्थ्यो। तर, यसपालि कोरोनाको असरले गर्दा केही नहुने अवस्था देखियो।’

कोरोना संक्रमणको जोखिम रहेकै कारण नव वर्ष मनाउन नेतृत्व गर्ने विभिन्न संघ–संस्थाको समूहले सार्वजनिकरूपमा भेला भई कार्यक्रम नगर्ने घोषणा गरेका छन्। फेरि त्यही उत्साह, उमंग छाउनेछ अवश्य पनि। यो समय सबैको शुभकामना भनेकै कोरोनाको जोखिम यो संसारबाट चाँडै हटोस् भन्ने नै हो। यसका लागि कामना मात्रै गरेर पुग्दैन, नियम पालनाको अठोट पनि आवश्यक छ। अनुशासित भई अघि बढौं। आफू पनि सुरक्षित रहौं, सबैको सुरक्षामा ध्यान दिऔं। यो अवधिमा सब एक भएर कोरोनालाई हराउन सकौं। नेपाल संवत् ११४१ नव वर्षको शुभकामना’