सार्क राष्ट्र महासचिव लुम्बिनीमा

0
Shares

यमलाल भुसाल,बुटवल ।

बिश्व ब्यापी महामारी कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण पर्यटन क्षेत्र धाराशायी भएको बेला दक्षिण एशिया सहयोग संगठन (सार्क राष्ट्र)का महासचिव इसाला रावन वीरकूनको बुद्धजन्म स्थल लुम्बिनीमा आउनु भएको छ ।

उहांको लुम्बिनी स्थित श्रीलंका बौद्ध बिहार तथा राजकीय बौद्ध बिहार द्वारा आयोजित कठिन चीवरदान समारोहमा सहभागी हुन पहिलो पटक लुम्बिनी आउनु भएकोे हो ।

सार्क राष्ट्रका महासचिव वीरकून आईतवार बिहान श्रीलंका बौद्ध बिहारका प्रमुख भिक्षु तथा सोमवार बिहान राजकीय बौद्ध बिहारका प्रमुख भिक्षु सागरधम्मलाई काठिन चीवरदान प्रदान गर्ने कार्यक्रम सहित लुम्बिनी आउनु भएको लुम्बिनी बिकास कोष स्थित सूचना शाखाले जनाएको छ ।