आज देशभर थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप १९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । यस्तै हालसम्म देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित संक्रमित रहेका छन् ।

अहिलसम्म १ लाख ७० हजार ६३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।