कुँवरद्धारा एक सय दृष्टिविहीनलाई राहत वितरण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले २६ औं चरणको राहत वितरण गरेका छन् । उनले पछिल्लो समयमा बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जनाएका छन् । समाजसेवाका हरेक क्षेत्रमा अगाडि बढ्दै आएका उनले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत स्वरुप चामल, दाल, चिनी, आलुलगायतका सामग्री वितरण गर्दै आएका छन् ।

पछिल्लो समयमा राहत वितरणलाई स्थगित गरेको भन्दै आएका उनले दृष्टिविहीनहरुमा ठूलो समस्या भएकाले राहत वितरण गर्नुपरेको बताए । उनले २६ औं चरणमा गरी १६ सय ५० जनालाई राहत उपलव्ध गराइसकेका छन् ।

लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे, जसमा १ सय ६३ पाउण्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेसनले आयोजना गरेको हो, कुँवर नै फाउण्डेसनको अध्यक्ष हुन् ।