सांगीतिक डमी अभियानअब यूट्यूवमा पनि

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन महाशाखाले यूट्यूव भिडियो पनि निर्माण गरेको छ ।

उक्त भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू अभियान्ता योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिनुभएको छ भने सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माको रहेको छ । भिडियो मेट्रो ट्राफिक एफ.एम ९५.५ मेघाहर्जको यूट्यूव च्यानल  https://youtu.be/RmfawCXBoqE मा हेर्न सकिन्छ ।

आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ । त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ ।अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।