पाल्पा प्रशासनको तिहारमा देउसी भैलो नखेल्न र पटाका नपडकाउन आग्रह

सडक कार्यालयले ग-यो सडक सुधार गर्न सवारी वन्द

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन र तिहारमा देउसी–भैलो कार्यक्रम नगर्न अनुरोध गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयक तर्फबाट प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले एक सूचना जारी गरी नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा जुवातास समेत नखेल्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा कोरोना सङ्क्रमण बढेका बेला थप सङ्क्रमण फैलाउन गतिबिधि नगर्न प्रशासनले अनुरोध गर्दै भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न मनिएकोे छ यसका साथै यि वस्तुको व्यापार, ओसारपोसार तथा बिस्फोटक पदार्थ समेत प्रयोग नगर्न भनिएको छ । सूचना उल्लंघन गरे कानुन अनुसार कारबाही हुने बताइएको छ ।

सडक सुधारका लागि सवारी आवागमन वन्द 

यसैविच पाल्पा जिल्ला अन्र्तगत पर्ने तानसेन रिडी सडक सुधार गर्ने भएकाले मंगलवारदेखि दैनिक १३ घण्टा सवारी आवागनम बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गरि कात्र्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सडकमा सवारी आवागमन बन्द रहने जनाएको छ ।