खुर्सानीको बोराभित्र पटाका

0
Shares

न्युज अपफ नेपाल,हेटौंडा ।

इलाका प्रहरी कार्यालय, जितपुरबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा–५ स्थित लच्का पुलनजिक सडकखण्डमा सवारीसाधन तथा पैदल यात्रु चेक गर्ने क्रममा पटाका बरामद गरेको छ । बीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बर यात्रुबाहक बसमा बाराको फेटा गाउँपालिका वडा–१, त्रिवेणी वस्ने वर्ष २८ का लालबाबु दास र वर्ष २७ का कन्हैया दास पक्राउ परेका हुन् ।

उनीहरुले बसको पछाडिको डिक्कीभित्र खुर्सानीको बोराभित्र लुकाइ लैजाँदै गरेको अबस्थामा नागिन पटाका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्धक जस्तो देखिने पहेंलो पदार्थ एक किलो पाँच सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थअन्तर्गत् कसुरमा पहिलो पटक ५ दिन म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।