स्वास्थ्य सेवाको अवस्था ८० प्रतिशत

0
Shares

न्युज अफ नेपाल,धादिङ ।

धादिङ जिल्लामा स्वास्थ्य सेवामा नागरिकको पहुँच र कार्यक्रमको अवस्था सामान्य रहेको छ ।धादिङ स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्बन्धी समिक्षा कार्यक्रममा यस्तो प्रस्तुती गरिएको हो ।जिल्लाभरका १३ पालिकाका स्वास्थ्य क्षेत्रमा भएका प्रगति र बजेट खर्चका बारेमा समिक्षा गरिएको हो ।

धादिङ स्वास्थ्य कार्यालयले वर्षेनी गर्ने कार्यक्रमबारे समिक्षा गर्दै परिवार नियोजन, खोप, गर्भजाँच र सुत्केरी सेवा लगायतका समग्र स्वास्थ्य सेवामा भएको कामको अवस्था ८० प्रतिशत रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजालले बताउनुभएको छ ।

जिल्लभर सबै स्वास्थ्य चौकीहरुमा ५ ओटा अस्थाइ साधन सेवा उपलब्ध हुनु पर्नेमा सबै पालिकामा सेवा प्रभाव गर्ने स्वास्थ्य कर्मी नहुँदा जिल्ला भर सेवा प्रवाह हुन सकेको छैन ।

इम्प्लान्ट र आइयुसिडि सेवा उपलब्ध गराउन तालिमपाप्त स्वास्थ्यकर्मी आवस्यक पर्ने गरेको छ । बजेट खर्चको हिसावले समेत धादिङ जिल्ला मध्यम खालको अवस्थामा रहेको समिक्षाका अबसरमा छलफल गरिएको छ । २ दिनसम्म संचालन गरिएको समिक्षा कायृक्रममा प्रदेश सांसद डा. रामकुमार अधिकार, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य सेवाको पहुँच जनतासम्म पुर्याउन आग्रह गर्नुभएको छ ।