राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तकको बिमोचन

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको बिमोचन गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको सोमबार दिउँसो बिमोचन गर्नुभएको हो ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई उक्त पुस्तकमा समावेश गरिएको बताइएको छ।महात्मा गान्धीबारे नजिकबाट बुझ्न चाहनेहरुका लागि यो पुस्तक अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।