अध्यक्ष राईमाथि लगाईएको आरोप खारेज गर्दै कावा महासचिवमा रिजाल

0
Shares

न्युज अफ नेपाल,स्पेन ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको विशेष बैठकले सचिव दोर्ण रिजाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ। संस्थाका अध्यक्ष केजीन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानान्तरण भैसकेका तत्कालिन महासचिव योगेन्द्र मिलन छन्त्याल, सचिव पेम्बागेलु शेर्पा, बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा विभिन्न समयमा पुर्याउनु भएको योगदानको सम्मान गर्दै धन्यवाद सहित बिदाई गरेको छ।

उक्त बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वोय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले संस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक, भ्रामक कपोकल्पित र समाजलाई झुक्याउने खाले रहेको ठहर गर्दै बहुमत सदस्यले खारेज गरेको छ।

त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछानेले दिएको राजीनालाई स्वीकृत गरेको छ। दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए।बैठकले शाखाद्वारा अहिलेसम्म गर्दै आइरहेको विविध कार्यक्रम निकै प्रभावकारी र जनमुखी रहेको ठहर समेत गरेको छ। बैठकद्वारा हाल जारी संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ।