सर्वोच्च कमाण्डर गणेशमानको सम्झना

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

प्रजातन्त्र पुनःस्थापनाका लागि बिसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइको छ । यसै अवसरमा भक्तपुरमा पनि माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।
गणेशमानसिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले सुर्यबिनायक ५ कटुञ्जेमा आज आयोजना गरेको माल्यार्पण कार्यक्रममा नेपाली कांग्रेसका नेता शिबबहादुर खड्का,बागमती प्रदश सांसद कृष्णलाल भँडेल र रजनी जोन्छे,नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा ,तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ,नेका पुर्व पार्टी जिल्ला सभापति तिलक कायस्थ ,बरिष्ठ पत्रकार माथबरसिंह बस्नेत लगायत जिल्लाका नेता,कार्यकर्ताले सिंहको तस्विरमा माल्यार्पण गर्नुभयो ।

कोरोना संक्रमणका कारण संक्षिप्त रुपमा संचालित कार्यक्रममा नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको स्मरण गरिएको थियो । स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका कार्यवाहक अध्यक्ष श्रीकृष्ण बासुले लामो समयदेखि अलपत्र रहेको गणेशमानसिंह स्मृति भवनलाई ब्यबस्थित गरी प्रयोगमा ल्याईने र बाटिका तथा प्रतिमा र संग्राहलयलाई छिट्टै निर्माण सम्पन्न गरी पर्यटकीय स्थलको रुपमा बिकास गरिने बताउनुभयो ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।