चालकहरुसंग १ मिनेट

0
Shares

न्युज अफ नेपाल,कास्की।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसंग १ मिनेटअभियानको सुरुवात गरेको छ ।सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन, दिनप्रति दिन बढ्दो सवारी चापतथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनिकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाकामापदण्डलाई अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो ।

आइतबार गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पोखराको औधोगिक क्षेत्रस्थित व्यानर सहित विभिन्न सवारी साधनका चालकहरुसंग ट्राफिक सचेतना तथा कोरोना भाईरसकोसंक्रमणबाट बच्ने उपायहरु सम्बन्धि १ मिनेट सहजिकरण गरि उक्त अभियानको सुरुवात गरेका हुन् ।

सोहि अभियान अन्तर्गत गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला ट्राफिक कार्यालयहरुले समेतआइतबारदेखि जिल्ला अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।

अभियान बारे बताउँदै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले उक्तअभियानसंग ट्राफिक प्रहरीको चालकमैत्री व्यवहार एवं कुशल कार्यदक्षता समेत जोडिएकाले यसबारेसन्तोषजनक र सकारात्मक प्रतिक्रिया आईरहेको बताउनुभयो। साथै, अन्य सरोकारवाला निकायहरुसंगसमन्वय गरि राजमार्ग तथा ग्रामिण सडकहरुमा समेत आगामी दिनमा थप कडाईका साथ ट्राफिक नियमकोपालना गराई सवारी दुर्घटना न्यूनिकरणका लागि आफूहरु अग्रसर रहने उहाँको भनाई रहेको छ।