पाल्पामा आइतवार ८ जनामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा कोरोना संक्रमण हुने क्रममा आइतबार थप ८ जनामा पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा ५ जना पुरुष र ३ जना महिला रहेका छन् । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५१ पुगेको छ ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा कूल सक्रिय संक्रमितको संख्या १ सय ५६ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेका छन । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार जिल्लामा अहिलेसम्म ५ सय ४१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये ६५ जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा अहिले सम्म एक हजार ८२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

शनिबार पाल्पामा माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ गरी ६१ जना संक्रमणमुक्त भएका थिए ।