अव्यवस्थित पार्किङ्गले बटुवालाई सास्ती

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

तिहार नजिकिएसँगै काठमाडौंको मुख्य बजार र चोकहरुमा भिडभाड बढ्न थालेका छन् । भिडभाड बढेसँगै अब्यवस्थित पार्किङ्गका कारण बटुवाहरुले भने सास्ती खेप्नुपरेका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिए पनि तिहार नजिकिएकाले मुख्य बजारका सडकहरुमा भने फुटपाथ पसल र भिडभाड बढ्दो छ ।

मुख्यतस् महाबौद्ध, असन, ईन्द्रचोक, मखन, भेंडासिंग, मरु, खिचापोखरी लगायत काठमाडौंका भित्री सहरका मुख्य बजारमा कोरोनाबाट बच्नका लागि सामाजिक दूरीको समेत परवाह नगरी आवतजावत गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ । जसबाट उत्पन्न अब्यवस्थित पार्किङ्गका कारण ट्राफिक जाम हुनुका साथै बटुवाहरुले पनि सास्ती भोग्नु परिरहेका छन् ।

फोटो क्याप्सन स् न्यूरोड धर्मपथस्थित भत्काइएको पुरानो महानगरपालिका भवनको खाली जग्गामा राखिएको पार्किङ्गले नजिकै रहेको सडकको आधा भाग ढाकेपछि ट्राफिक जाम हुनुका साथै बटुवाले समेत आवतजावतमा समस्या भोग्नु परिरहेका छन् ।