ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाए

0
Shares

सुभेन्द्र दास,लहान ।

ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाएका छन् । सिरहाको धनगडीमाई नगरपालिका १२ का ४० वर्षीय स्विट बस्नेतले इनारमा कुदेर ज्यान गुमाएका हुन् ।

करिब ९० फिट गहिरो रहेको ईनारमा शुक्रवार राति उनले कुदेका थिए । इनारमै मृत्यु भएको उनको शव शनिवार बाहिर निकालेको छ । मानसिक अवस्था ठिक नभएका कारण उनले इनारमा कुदेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी शरत कुमार थापाले शनिवार नेपाली सेनाको टोलीले बस्नेतको शव इनारबाट बाहिर निकालेको डिएसपी थापाले जानकारी दिएको छ ।