तेल तताएर श्रीमति जलाउने गिरफ्तार

0
Shares

सीताराम अधिकारी,धादिङ ।

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते हुनुुभएको छ । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।

घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तारगरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताउनुुभयो ।

घाइतेको किर्तिपुर स्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपित विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्धा दर्ता गरेको छ । घटना प्रकृति अनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजायाँ गर्ने प्रहरीले जनाएको छ ।