प्रतिपक्षको प्रमुख भुमिकामा नेपाली प्रेस : नेता गिरी

0
Shares

 

दयाराम पण्डित,बाजुरा ।

नेपाली कांग्रेसका नेता एवं पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले बर्तमान सरकारको प्रतिपक्षको प्रमुख भुमिकामा नेपाली प्रेस जगत रहेको बताउनु भएको छ । बर्तमान ओली नेतृत्वको सरकारले गरेका कुकृत्यको पर्दाफास नेपाली मिडियावाट भएको बताउनुभयो ।नेता गिरीले उक्त अभिब्यक्ती नेपाल प्रेस युनियन बाजुरा शाखाले तिहारको उपलक्षमा शुक्रवार दिउँसो आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा वताउनुभएको हो ।

ओली सरकार ओम्नी प्रकरण, बालुवाटार जग्गा प्रकरण ,निर्मला हत्या काण्ड, बलात्कार काण्ड लगायत देशमा दर्जर्नो काण्ड भएका छन् । कोरोना संक्रमणले नागरिकले अकालमा ज्यान गुमाएकाछन् । नगरिकको उपचार गर्न सरकारको ध्यान छैन । सरकार सञ्चालक भने भागबण्डा मिलाउनै समय बर्बाद गरिरहेको बताउनुभयो । सरकार भ्रष्टचारमा लिप्त छ । जनहित विपरित कार्य गरिरहेको छ । लोकतन्त्रिक गणतन्त्रमा र शाशकीय प्रणलीमा सहित आंच आउने काम ओली सरकारले गरेको र सोको यथार्त चित्रण नेपाली प्रसेले गरेको नेता गिरीले बताउनुभयो ।

सरकारका हरेक घटनाक्रम आम सञ्चारमाध्याम वाट नागरिकले जानकारी पाएका छौं । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा भए र पनि आफ्नो भुमिका वाट बिमुख रहेको मा दुखेसो गर्नु भयो । मिडिया शसक्त नभएमा बर्तमान सरकारबाट लोकतन्त्रको खतरा अनि ईहिांसकै भ्रष्ट सरकार हुने आरोप लगाउनुभयो । लोकतन्त्रसंग प्रेसलाई जोड्दै नेता गिरीले भन्नुुभयो “ जहां प्रेस स्वतन्त्र हुन्छ त्याहाँ लोकतन्त्र बलियो हुन्छ । ”

२०१६ सालमा विपिकोईरालाको नेतृत्वमा दुुइतिहाईको सरकार थियो । प्रतिपक्षको भुमिका न्युन थियो । सरकारले अन्ययाय गर्न सक्छ भनेर तत्कालिन प्रेसकर्मीलाई ओपोजिट मा राख्ुन भयो । प्रधानमन्त्री कोइरालले आफ्नो तलभवाट ५०० रुपैंया कटाएर पत्रकारलाई सरकारको कामकार्वाहीको खवरदारी गर्न सक्रिय बनाएको प्रसंग औल्याउनुभयो । तर, वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्माओली भने नेपाली प्रेस कर्मीको मुटुछैन भनि ब्यांङ्गे कटाक्ष गर्दे हिड्नु हुन्छ । गिरिल्ले भन्नुभयो नेपालमा पत्रकारिता दिन प्रतिदिन अब्बल हुंदै गएको छ।

कार्यक्रमका प्रमुख अथिति एबं नेपाली कांग्रेस सभापति कबिराज पण्डितले कोरोना महामारी बीचपनि सामाजजिक दुरी कायम गर्र्दै युुनियनले चियापानको माध्याम वाट सबैलाई एकै थलोमा उभ्याएको मा खुशी ब्यक्त गर्नुभयो । सभापति पण्डितले सुदुपश्चिममा बाजुराको पत्रकारिता अब्बल र पत्रकारिताको विकासमा पहिलो रहेको बताउनुभयो । एक अर्को प्रसंगमा सभापति पण्डितले भन्नुुभयो आगामी १४ औं महाधिबेशनको पूर्व सन्ध्यामा छौं गाउँ क्षेत्र , र जिल्ला अधिबेशन सहमतीकै आधारमा सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नू भयो ।

त्यसैगरी शुुभकामना दिने क्रममा माहसमिति सदस्य एवं संबिधानसभा सदस्य महाँ नेपालीले पत्रकारितामा संख्यात्मकका साथै गुणत्मक विकासमा जोड दिनुपर्ने धारण राख्नुुभयो । हँसियाले घाँस दाउरा काट्छ तर, त्यही हंसियले मान्छे काटे जेल जानुपर्छ ।त्यस्तै कलमले सत्य तथ्या सुचना प्रवाह गनुृपर्छ तर ब्यक्तीगत चरित्र हत्या गरेमा पत्रकारले पनि जेल जानुपर्छ । अहिलेको युुगमा पत्रकारका पनि पत्रकार जन्मिसकेका बताउनुहुंदै आफ्नो पेशाको म¥दा राख्दै अघि बढ्न पत्रकारलाई सुुझाउनुभयो ।

शुुभदिपावलीको उपलक्षमा शुुभकामना दिनेमा महाँसमिती सदस्य जुना दानी , संगठन विभाग प्रमुख धनराज पण्डित, सहसचिव एबं जिसस बाजुरा प्रमुख नरेन्द्र रोकाया, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य दयाराम पण्डित ,बडिमालिका नगर उपप्रमुख कबिता विष्ट , प्रकाश रावल तरुणदल अध्यक्ष कुम्भनाथ योगी , पत्रकार निमेन्द्रशाही ,जगतजंग बम, हर्क खडायत लगायतका बक्ताले शुुभकामना दिएका थिए । प्रेस युनियन जिल्ला अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा भएकोकार्यक्रम सञ्चालन सचिव प्रशान्तराज जोशीले गर्नुभएको थियो ।