आमाले ‘गाली’ गरेपछि दुई छोरी बेपत्ता

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

आधुनिक एवम् व्यस्त जमानामा बालबालिका तथा किशोररकिशोरीलाई सम्हाल्नु तथा उचित मार्गदर्शन दिनु अभिभावकका लागि साह्रै गाह्रो काम बनेको छ । पुराना जमानाका अभिभावकका लागि हालका बालबालिका र किशोररकिशोरीको रेखदेख एउटा ठूलै चुनौती छ ।

अहिलेका बालबालिका यति स्मार्ट बन्दै गएका छन् कि उनीहरुमाथि सही निगरानी नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना बढ्छ । त्यही मेसोमा आमाले केही शव्दले ‘सम्झाउँदा’ सहन नसक्ने, घुर्की लगाउने अनि घरै छाडेर हिँड्ने विकृति समाज अनि घरपरिवारमा बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो समय यस्ता घट्ना बढ्दो अबस्थामा छन् । घरपरिवारका ठूला सदस्यले गाली गरेकै सानो निहुँमा पनि किशोर÷किशोरीहरु घर छाडेर हिँड्ने र लामो समय बेपत्ता हुने घटना आउने गरेको प्रहरीको भनाइ छ ।

शनिबार प्रहरी कार्यालयमा भेटिए बेपत्ता दुई बहिनीका दाजु सुवास स्यांतान । कुरा उही हो–घरमा आमाले ठूलो स्वर गरेको भरमा उनीहरुले घर नै छाडे । पूर्वी मकवानपुरको बकैया गाउँपालिको वडा नम्बर–४, सानोथलीबाट दुई किशोरी कार्तिक ११ गतेबाट बेपत्ता भए ।

१८ वर्षीया सुनिता र १२ वर्षीया चरीमाया बेखबार भएका छन् । नाताले उनीहरु काका/ठूलाबाबुका छोरी हुन् । घरबाट बेपत्ता भए पनि फोन सम्पर्कमा रहेका उनीहरु तीन दिनदेखि भने सम्पर्कविहीन रहेको दाजु सुवासले जानकारी गराउनुभयो ।

सुवासका अनुसार सुनिता घरमा फोनमा निकै नै व्यस्त हुने र घरमा आमालाई सघाउनसमेत मन गर्थिनन् । ‘सुनिता एसईईको तयारीमा लाग्नुपर्नेमा सधैं फोनमा व्यस्त भइरहँदा आमाको ध्यान सुनिताको दैनिकी, आनीबानीमा गयो,’ सुवासले भन्नुभयो–यसरी जिन्दगी अघि नबढ्ने बताउ“दै आमाले पढ्न र घरको काम सघाउन आग्रह गर्दा बहिनीले घर नै छाडेर हिँडेको र साथमा बहिनीसमेत लगिन् ।

आमाले बहिनीको भविष्यको चिन्ता गर्दै सुझाएको भरमा घर छाडेर जानु उपयुक्त नभएको सुवासले बताउनुभयो । बीचमा सम्पर्कमा हु“दा कहिले चन्द्रपुर त कहिले बीरगञ्जमा भाँडा माझ्ने काम गरिरहेको बहिनीहरुले बताएको सुवासले स्मरण गर्नुभयो । त्यस अवधिसम्म पनि परिवारलाई घर छाडेर हिँडेको एक/दुई दिनमा फर्किहाल्छन् भन्ने लागेको र ठक्कर खाएर आउँछन् भन्ने आशमा प्रहरीलाई खबर गर्न जरुरी सम्झेनन् । तर, एक्कासी तीन दिनदेखि उनीहरु सम्पर्कविहीन रहे ।समाजमा भइरहेका आपराधिक घटनालाई सम्झेर दुई किशोरीका परिवार अत्तालिए ।

तीन दिनदेखि सम्पर्कविहीन भएपछि सुवासले बकैया–३ स्थित प्रहरी कार्यालय हात्तीसुँडेमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शनिबार निबेदन दिनुभएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार घरबाट बेपत्ता हुनासाथ प्रहरीलाई खबर गरिदिएको भए सहज हुने थियो । घटना भएको ताजा अबस्थामै अनुसन्धान गर्न आफूहरुलाई सहज हुने उहाँले बताउनुभयो । उहाँले त्यतिबेलै खबर भएको भए घटनाबारे तत्काल एक्सन लिन सकिने सहज हुने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–घरमा अभिभावकले छोराछोरीलाई सम्झाउने हिसाबले बोल्नुपर्छ । बालबालिकालाई हरेक कुरामा रोकतोक गर्नुहुँदैन । उनीहरुलाई केही कुरा सम्झाउनै पर्नेछ भने एकान्तमा प्रेमपूर्वक सम्झाउनुपर्छ । साथीभाइका अगाडि गाली गर्ने, कराउने, झपार्ने काम गर्दा उनीहरु अटेरी हुनुका साथै उनीहरुमा अभिभावकप्रतिको प्रेम एवम् सम्मानसमेत घट्दै जाने प्रनि सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–कतिपय आत्महत्या, बेपत्ताका घटना परिवारकै सदस्यले गालीगलौज गरेको भरमा हुने गरेको छ ।