बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

0
Shares

यमलाल भुसाल,बुटवल ।

बुटवलमा शनिबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं २ की ७० बर्षिय महिला र रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नं १० का ५० बर्षिय पुरुष रहेका छन् ।

उनिहरुको बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ५:३० बजे मृत्यु भएको हो ।यही कार्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा निमानियाको समसया समेत देखिएको अस्पतालले जनाएको छ ।

कार्तिक १४ गते अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुष मुटु रोग र डिप्रेसनको औषधि सेवन गर्दै आएको अस्पतालले जनाएको छ ।