घरधनीले आफ्नै घर भत्काउन थालेपछि धनगढीमा सडक बिस्तारको काम तिव्र

0
Shares

न्युज अफ नेपाल,धनगढी ।

कैलालीको धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेका छन् । कतिपय जिल्लामा घरधनीले सडक बिस्तारका क्रममा मुआव्जा माग्दै मुद्वा मामिला गर्दा सडक निर्माण तथा बिस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन धरधनी आफै लागिपरेका हुन ।

एशियाली विकास बैंकको सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्र्तगत धनगढी उपमहानगरपालिकामा सन २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भई काम अघि बढेको हो । कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भिमदत्त र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रिय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण तथा विस्तारको काम अघि बढाएको छ ।

खास गरी उपमहानगरपलिकाको उत्कृष्ट सहजीकरण र समन्वयका कारण धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्वयमं घरधनी स्वतस्फूर्त लाग्दा सडक निर्माण तथा विस्तारको काममा तिव्रता आएको क्षेत्रिय शहरी विकास आयोजनाका निर्देशक रबिन्द्र बोहराले बताउनुभयो ।

निर्देशक बोहराले भन्नुभयो : पूर्वाधार बिकासको मुख्य शर्त सडक निर्माण र बिस्तार हो, च्ष्नजत या धबथ को सवालमा धनगढी उपमहागरपालिका निकै अगाडी देखियो, स्थानियको चेतनाको स्तर, जागरुकता, सहयोग र समन्वयले हामी निकै उत्साहित भएका छौ, अव थप सहयोग बढाउने बिषयमा पनि आयोजनाले पहल गर्नेछ ।

४ ओटा नगरपालिका मध्ये च्ष्नजत या धबथ को बिषय जुन नगरपालिकामा सहज रुपमा अघि बढ्छ त्यहाँ आयोजनासँग रहेको थप बजेट समेत लगानी गर्ने तयारी रहेको निर्देशक बोहराले जानकारी दिनुभयो । शुक्रवारसम्म धनगढी उप–महानगरपालिका वडा न. २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले उपकरणको सहयोगमा धमाधम घर तथा अन्य संरचना भत्काईरहेका छन् ।

धनगढी उप–महानगरपालिका वडा नं ५ तारा नगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भन्नुभयो, थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले पक्की घर आफै भत्काउन सुरु गरेको छु ।

वडा नं २ मा निर्माण भइरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाइँदै छ । घरधनीले संरचना भत्काउँदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजन इन्जिनियर स्वयं उपस्थित भएर सडक क्षेत्र छुट्टाउने काममा सहयोग गरिरहेका छन् । घरधनीहरू आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो ।

उप–महानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने, भत्काउन नगरपाकिाले उपकरण प्रदान गर्ने, भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको छ ।
सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्ड आफै भत्काएर सहयोग गरेका सुदूरपश्चिम एकेडेमीका सञ्चालन शुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस् भनेर आफैले संरचना भत्काउन सुरु गरेको बताउनुभयो ।

‘सडक नगरवासीका लागि बन्दै छ, शाहीले भन्नुभयो, ‘त्यसैले सडक क्षेत्राधिकारमा संरचना पर्ने घरधनीलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरी सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो ।

अहिलेसम्म उप–महानगरपालिमा सडक बिस्तारका लागि आफै संरचना भत्काउने घरधनीमा गम्भीर सिंह बम, सुवास शाही, जनकराज जोशी, सुरेश बहादुर सिंह, सुरेश बहादुर सिंह, जी.एम.स्लाम, सुरेश पन्त, मान बहादुर चौधरी, किरण शाह, अर्जुनबहादुर स्वाँर, ,जोगराम चौधरी, हरी दत्त भट्ट, र बहादुर सिंह खत्री छन् । उनीहरुलाई उपमहागरपालिकाले बिशेष सम्मान गर्ने तयारी गरेको छ ।