परालमुनी सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

रातीको समयमा परालमुनी सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका ती पुरुषको बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले किचेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक रम्भा गाउँपालिका –४ बगचाउनी राती परालमा सुतिरहेको अवस्थामा ट्याक्टर त्यही माथिबाट किचेर गएको हुन सक्ने अनुमान गरिएको छ

कोरोना संक्रमणबाट थप एकको मृत्यु

पाल्पा जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तिनाउ गाउँपालिका ६ डुम्रेका ४४ वर्षिय पुरुषको मृत्यु भएको कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । ति पुरुषको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती पुरुष निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । विहिबार मात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।