आज देशभर थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् ।आज थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म संक्रमणमुक्त हुनेको १ लाख ४८ हजार ४०८ पुगेको छ ।