सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

0
Shares

न्युज अफ नेपाल,सल्यान ।

सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका ५ पाङराङ बस्नेत ५४ वर्षको रामे कामीलाई हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि पिर्का (चौकी)ले टाउकोमा प्रहार गरी हत्या गरेको मृत्तकका बुवाले प्रहरीलाई जानकारी दिएका छन् । कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृत्तका बुवाले पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

हत्या गरेको आरोपमा श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताउनु भयो ।