१५ महिने नाबलकको पानीमा डुवेर मृत्यु

0
Shares

यमलाल भुसाल,.बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने रेसम बुढा मगरको १५महिने नाबालकको पानीमा डुवेर मृत्यु भएको छ ।
दानव नदिको पानीमा घोप्टो अवस्थामा निजको आफन्तले फेलापारी उपचारको लागी लुम्विनी नर्सिङहोम बुटवलमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्यादै गरेको २२ वटा भैसीका पाडा प्रहरीले बरामद गरेको छ ।करिव ३ लाख ७४हजार मुल्य वरावरकाती पाडा, आवश्यक कार्वाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।