नेपालमा कोरोना संक्रमणको चाप बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै

0
Shares

भगवती तिमल्सिना,काठामाडौ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको चाप बढेसँग संक्रण भएर मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनि गरेको तथ्यांक अनुसार २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमणबाट एकैदिन मृत्यु भएको अहिले सम्मकै उच्च संख्या हो ।

बुधबार सम्म नेपालमा कोरोना सक्रण पुष्टि भएर या मृत्यु पर्यन्त कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ३४ जना पुगीसकेको छ । नेपाल सरकारले दशै अघिबाट कोरोना संक्रमणको उपचार, मृत्यु पछिको व्यवस्थापन गर्ने विधिलाई परिमार्जन गरेको छ । यतिबेला कुनै व्यक्ति कोरोना संक्रमण भयो भने सरकारले सशुल्क परिक्षण गर्ने र होम क्वारेन्टाईनमा मृत्यु भएमा स्थानिय निकायलाई जानकारी गराई परिवारले नै व्यवस्थापन गर्नुपर्ने नियम ल्याएको छ । यो नियम लागुभएपछि कोरोना संक्रमितको दर झन बढ्दैछ ।

यस अघिसम्म विशेष गरि तालीम प्राप्त नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने हुँदा घरपरिवारका एकदुई जना बाहेक समुदायका व्यक्ति शव व्यवस्थापनका लागि अर्थात् मलामी जाँदैनथे । तर सरकारले नयाँ नियम ल्याएसँगै परिवार र समाजका व्यक्तिहरु मलामी जाने र घुलमिल गर्ने कारणले धेरै व्यक्तिमा संक्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्य विशेषज्ञहरुको ठम्याईछ ।

स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्य मन्त्रालय र सरकारले केही व्यापारीहरुको मिलेमतोमा जनतालाई थप संक्रमित बनाउने र कोरोनाका नाममा कमाउने धन्दाको मतियार भएको आरोप लगाएका छन् । सरकारले आफ्ना नागरिकको स्वास्थ्य सेवा भन्दा कमिसनलाई प्राथमिकतामा राखी प्रस्तावना अघि सार्ने स्वास्थ्य मन्त्रालयका केही नीजि अस्पताल, व्यापारिसँग तालमेल मिलाउने कर्मचारीको बहकाउँमा जनता मार्ने काम भैरहेको स्वास्थ्य मनत्रालयका उच्च अधिकारीहरुको ठम्याई छ ।

जनस्वास्थ्य संविधानमा नै व्यवस्था भएको बिभषयमा सरकारले घरिघरि आफ्नै तरिकाले संचालनमा ल्याउनु गलत भएको समेत अधिकारीहरुको ठम्याईछ । यता सरकार भने कोभिड उपचारमा प्रत्यक्ष सहभागी, उच्च पदाधिकारी, मन्त्री, नेता बाहेकलाई निःशुल्क स्वास्थ्य उपचार नदिने अडानमा पुगेको छ ।

बुधबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार ३ हजार ३ सय ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । नेपालमा परिक्षण भै कोरोना प्रमाणित हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । योसँगै ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित अस्पताल, होम आईसोलेसनमा छन् भने १ हजार ३ सय ५ जना सम्भावित कोरोनाका व्यक्तिहरु क्वारेन्टाईनमा रहेका छन् ।

यता कोरोनाको लक्षण मिलेका तर परिक्षण नगर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । नाम, पेशा, समुदायमा परिचित व्यक्तिहरु समेत कोरोना संक्रमण परिक्षण गर्दा पैसा खर्च हुनुका साथै समाजबाट समेत अपहेलित हुनुपर्ने र दैनिक कामकाज बन्द गरि घरमै बस्नुपर्ने डरले कोरोना परिक्षण नै नगरि खुल्ला रुपमा माक्स समेत नलगाई काममा हिड्नुले कोरोना संक्रमण अझ भयावह हुने अनुमान गर्न गाह्रो नपर्ने काठमाडौ विश्व विद्यालय शिक्षण स्कुल अफ मेडिकल साईन्सका डिन डा.राजेन्द्र कोजू बताउनुहुन्छ ।

अहिले जति पनि कोरोना संक्रमित छन उनीहरुलाई भेन्टिलेटरमा राखेर बचाउन सक्ने सम्भावना अत्यन्तै न्यून छ । त्यसैले भेन्टिलेटर भन्दा पहिला कोरोना संक्रमित बिरामीको अक्सिजनको मात्रा नापेर अक्सिजनको कमी छ भने तत्काल अक्सिजन दिने व्यवास्था गर्नुपछ । भेन्टिलेटरले मानिसलाई निस्कृय बनाउँछ । कोरोना संक्रमणमा बिरामी स्वयंको शरिरले रोगसाग लडेर स्वासप्रस्वासलाई सहज बनाउन सकेमात्र कोरोना जित्न सक्ने उहाँको ठम्याई छ ।

उहाँ भन्नुहुन्छ, अब कोरोनाका बिरामीलाई मेन्टीलेटर हैन अक्सिजनको खाँचो भएकाले सास फेर्न सजिलो बनाउँदै कोरोनासँग लड्ने क्षमताका बिकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । तर कोरोना संक्रमितले पहिलानै अस्पतालमा डिपोजिट गरेपछि मात्र प्रवेश पाउने हुनाले सामान्य अवस्थाबा बिरामीले नत परिक्षण सेवा लिन सक्छन नत अस्पताल प्रवेशनै पाउँछन् ।