पहिल्यै पक्राउ नपरेकोमा कुख्यात हत्यारा आफै छक्क

0
Shares

सोल,(एजेन्सी)

दक्षिण कोरियाकै सबैभन्दा खतरनाक र कुख्यात श्रंखलावद्ध हत्यारा मध्ये एकले सुवोन शहरको अदालतमा वयान दिने क्रममा आफु पहिल्यै किन पक्राउमा नपरेको भन्दै ठूलो आश्चर्य व्यक्ति गरेका छन् । ५७ वर्षीय लि चुन जाय आफैले गरेको हत्याकाण्डमा बिनासित्ती फसेका एक व्यक्तिको पुन शुरु गरिएको मुद्धाको सुनवाईको क्रममा सोमवार अदालतमा उपस्थित भएका थिए ।

ती निर्दोष व्यक्तिले सन् १९८८ मा एक १३ वर्षिया बालिकाको वलातकार पछि हतया गरिएको आरोपमा सिव वर्ष लामो करावास संजा भोग्दै आइरहेका थिए । ति यून सुंग एयो नाम व्यक्तिलाइृ सन् २००८ मै कारागार मुक्त गरिए पनि उनले आफूविरुद्ध लगाइएको अभियोग रद्ध गराउन अपिल गरिरहेका छन् ।

उनले प्रहरीले आफुलाई दबाव दिएर बालिकाको हत्या अभियोग स्वीकार्न लगाएको अभिव्यक्ति दिइसकेको बताएका छन् ।लिले अदालतमा सन् १९८६ देखि १९९१ बीच ह्वासेओंगमा बालिका र महिला गरी आफुले १४ जनाको हत्या गरेको स्विकारेका छन् ।

योन्हाप न्युजका अनुसार उनले वलात्कार पछि घाँटी थिचेर हत्या गर्ने गर्दथे । उनले घाँटी थिच्न प्रायशः पिडितकै अन्डरवियर प्रयोग गर्ने गरेको बताइएको छ । उनका शिकारमा ७१ वर्षिया वृद्धा समेत रहेकी छन् ।