खोटाङका ३२ जना कोरोना संक्रमणमुक्त

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङका कोरोना संक्रमितमध्ये ३२ जना निको भएर घर फर्किएका छन् । जिल्लाभरी हालसम्म ५३ जना संक्रमित भएकोमा ३२ जनाले कोरोनालाई जितेको हो । अन्य २१ जना उपचारको क्रममा रहेको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत प्रविण झाले जनाउनुभयो ।

डाक्टर झाका अनुसार जिल्लामा २ हजार ८ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ । जिल्लावाट भर्खरै पठाइएको १ सय ६८ जनाको पिसिआर परीक्षण रिपोर्ट भने आउँन बाँकी रहेको छ ।

जिल्लाका पदस्थ व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि हाल दिक्तेलबजारमा इन्धन, औषधि र खाद्यान्न पसल बाहेक सबै बन्द गरिएको छ । हाल दिक्तेलवजार सुनसान देखिएको छ ।