हुलाकी सडकखण्ड निर्माणमा बानियाँको बद्मासी

0
Shares

कृष्णउदास खनाल,हेटौंडा ।

पर्साको वीरगन्ज ठोरीमा निर्माणाधीन हुलाकी सडकको काम गुणस्तरहीन भएको पाइएको छ । हेटौंडामा दर्ता रहेको बानिया निर्माण सेवाको बदमासीका कारण कालोपत्रे उक्किएको भन्दै पर्साको ठोरीवासीले सडक निर्माण अवरुद्ध गरेका छन् । ठोरी वडा नं ३ अन्तर्गत ढुङ्गे बजार क्षेत्रमा कालोपत्रेको अन्तिम ‘लेयर’ पिच गरेको दुई दिन नबित्दै उप्किएपछि स्थानीयहरु आक्रोशति बनेका छन् ।

दशैं बेला स्थानीय बासिन्दा आआफ्नै घरमा व्यस्त रहेको मौका छोपी निर्माण कम्पनीले हतारहतारमा कालोपत्रे गरेको र अन्तिम ‘लेयर’ पिच हातले खोस्रिंदा उप्किने अवस्थमा रहेको ढुङ्गे बजारका बासिन्दाले बताएका छन् । मोटरसाइकल गुड्दासमेत भत्कने र औजारविना हातले खोस्रदा नै उक्किने किसिमको गुनस्तरहिन कालो पत्रे रहेको स्थानीय विरमान श्रेष्ठले बताएका छन् ।

हुलाकी सडक निर्माण परियोजनाका प्राविधिकहरूका अनुसार सडकमा डबल कोड अर्थात् दुई लेयरको कालोपत्रे हुन्छ। पहिलो लेयरभन्दा दोस्रो अर्थात् अन्तिम लेयर निकै मिहिन र एकापसमा जाम भएको हुनुपर्छ। तर ठोरी क्षेत्रको हुलाकी सडकमा पहिलो लेयरभन्दा दोस्रो लेयर बुरबुराउँदो, छिद्र भएको र एकापसमा जाम नभएको अवस्थामारहेको प्राबिधिकहरुले बताएका छन् ।

कालोपत्रेको अन्तिम लेयर पिच गर्ने बेला मेशिनमा आएको खराबीका कारण केही ठाउँमा पिच उक्किएको बानियाँ निर्माण सेवामा कार्यरत एक प्राविधिकले नाम उल्लेख नगर्ने सर्तमा बताए। तर निर्माण कम्पनीका फिल्डमा खट्ने अधिकारीहरू भने आफ्नो कमजोरी लुकाउन गुणस्तरहीन कामलाई नै सदर गराएर अगाडि बढ्ने पक्षमा देखिएका छन् ।

सो क्षेत्रका क्षेत्रका बासिन्दाले मुख्यतः फिल्डमा खट्नेहरूकै दोष रहेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र हुलाकी सडक परियोजनाका अधिकारी फिल्डमा आएर निरीक्षण गर्नु पर्ने साथै दोषीमाथि कारबाई गर्नुपर्ने स्थानीयहरुको छ । उक्त सडक निर्माण बानिया निर्माण सेवा प्रलि मकवानपुरले गरिरहेको छ ।

निर्माण कम्पनीका फिल्ड सुपरभाइजर उद्धव न्यौपानेले भने सडक निर्माण कार्य निर्धारित मापदण्ड अनुसारको गुणस्तरीय रहेको दाबी गरेका छन् । उनले केही बुझेका ब्यक्तिहरुले पिच गरेकै दिनमा गएर बेल्चाले खनिदिएका कारण सडक उक्किएको जिकिर गरे । आफूहरुको परासर्मदाता भारतीय दूवातासले अनुगमन गरेको र ८,१० दिनपछि मात्रै यस बिषयमा थप निर्णय लिने कुरा बताएको उनले दाबी गरेका छन् ।

कुरा नबुझेका ब्यक्तिहरुका कारण पनि काम गर्न उक्त क्षेत्रमा समस्या भएको बताए । त्यस क्षेत्रका केही १८ बर्ष मुनीका ब्यक्तिहरु कुरा नबुझेका कारण समस्या भएको जिकिर गरे ।यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङगले पछिल्लो समस्या बारे आफुलाई कुनै पक्षबाट पनि कुनै जानकारी नआएको भन्दै यथाशिघ्र बास्तविक्ता बुझ्ने र कारवाई प्रकृया अगाडि बढाइने जिकिर गरे ।