हतियार देखाइ १२ लाख लुटपाट

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको एक घरबाट हतियार देखाइ १२ लाख रुपैयाँ बढीको सुन र नगद लुटपाट भएको छ । रामपुर नगरपालिका वडा नं –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट मंगलबार बिहान साढे १ बजेको समयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरु आई अचानक खुकुरी देखाएर कुटपिट गरी डर धम्कि दिई बाकस र दराजमा रहेका नगद र ९ लाख ५० हजार रुपैयाँ बराबरको नोे तोलाका सुनका गरगहना र ३ लाख ५८ हजार नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती अपरिचित व्यक्तिहरुले बाकस र धराजमा रहेको सुन र नगद लुटपाट गरेको बताईएको छ । प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ ।