तेह्र बर्षीय बालकले गरे बिश्वकै दोस्रो अग्लो बन्जीबाट जम्प

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

प्रौढ मानिस समेत बारीको कान्लोबाट हामफाल्नका लागि पनि दुई पटक सोच्नुपर्छ । कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने १३ बर्षिय बालकले पनि बिश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्न सक्छन ।

पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने बिश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका हुन । क्षेत्री बिश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन । शुरुमा बन्जीका लागि तयार भएर जाने क्रममा एक जना दाईले मन अमिलो पारेको देखेपछि मलाई पनि कताकता आफुँलाई पनि असजिलो लागेका मन्दिपले अनुभव सुनाए । ‘जम्पका अघि सर्दै गएपछि सहास बढेर गयो ।’ उनले भने ‘ जब हाम फाँले मलाई रोमाञ्चक अनुभूति भयो ।’

तल पुगेछि डोरी समाउने क्रममा अलमल हुँदा केही समस्या भयो तर समयमा नै माथि आउन सहयोग पुगेको सुनाउँदै सहास बटुल्ने हो भने कुनै खतरा नभएको र रोमान्चक अनुभव लिनका लागि बन्जी गर्न सकिने मन्दिपको सुझाब छ । मन्दिपकी दिदी मोनिकाको भन्दा तौल बढी भएकाले मन्दिपले नै पहिले जम्प गर्ने अवसर पाएका थिए ।

दिदी मोनिकाले पनि १६ बर्षमा जम्प गरेकी छन । यस अघि १६ बर्षकी युरिका जोशीले पनि जम्प गरिसकेकी छन् ।
द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र बिश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयम उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका छन ।

द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी पालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि ब्यबसायिक रुपमा सञ्चालन ल्याएको छ । निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ ।