कम्मरमुनि चल्दैन,माथि निरन्तर चलिरहन्छ

0
Shares

  • भूपराज बस्याल,स्याङ्जा

करिब चालिस वर्षको आसपासका देखिने युवा बिस्तरामा सुतेर मैन बत्ती बनाइरहेका हुनुुहुुन्छ । कम्मरभन्दामुनिको भाग चल्दैन । तर,पनि काममा व्यस्त हुनुुहुुन्छ । दशैंको चटारोले एकछिन फुर्सद छैन । दशैनजिकै जाँदा उनको व्यस्तता पनि बढ्दै गएको छ । तर, उहाँको व्यस्तता अरुको जस्तो दशैंको किनमेलमा वा घर सजावटमा होइन । मैनबत्ति बनाएर बजारको माग अनुसारको बस्तु पठाउनमा । ‘जे नहुनु थियो भैहाल्यो । सधैं चिन्तामानेर बस्नुभन्दा केहीगर्नुपर्छ भन्ने ठानेर मैनबत्ति बनाउने काम थालेको हुँ ।’ बिस्तरामा सुतेर मैनबत्ती बनाउदै ३९ वर्षीय मोहन भण्डारीले भन्नुुभयो ।

भण्डारीविगत २१ वर्षदेखि बिस्तरामा हुुनुुहुुन्छ । तर, विस्तरामा सुतिरहेझै देखिए पनि उहाँ मैनबत्ति बनाउने काममा लागिरहनुु भएको छ । विगत १२ बर्षदेखि उहाँ मैनबत्ति उत्पादनको काममा सक्रिय हुनुुहुुन्छ । काम सिक्दै र बजार विस्तार गर्दै गर्नुुभएका उहाँ सुमदायका मानिसका प्रेरणाका स्रोत बनेका बन्नुुभएको छ ।

गल्याङ नगरपालिका–३ बरन्डाडा घर भएका भण्डारीले सिजनको समयमाछ सातजनासम्म लाई रोजगारी दिनुुहुुन्छ । व्यावासायिक रुपमा मैनबत्ती र अगरबत्ती उत्पादन गर्ने उद्देश्यले ‘जगत्रदेवी मोम एन्ड अगरबत्ति उद्योग’नाम गरेको कम्पनीदर्ता गर्नुुभएको छ । उहाँले बीरगंजदेखि कच्चा पदार्थ ल्याउँनुुहुुन्छ । उत्पादन भएको मैनबत्ति र अगरबत्ति स्याङ्जा जिल्लाको गल्याङ, वालिङ्, बयरघारी, स्याङ्जा, मिर्मी एवम् पाल्पाजिल्लाका केही भागमा बिक्रीका लागि पठाउँनुुहुुन्छ ।

‘चाडबाड आयो कि मैनबत्तीर अगरबत्तीको खपत बढि हाल्छ । खपत बढेपछि माग अधिक हुनेगर्दछ । मागबढेपछि त्यस अनुसारको बस्तु नियमित आपुर्ती गर्न हम्मेहम्मे पर्नेगर्दछ’ भण्डारी भन्नुुहुुन्छ । मोहन भण्डारी शारीरिक अपाङ्गता भएको व्यक्ति भएपनि उहाँले हालसम्म्म सामुदायमा आधारित पुनस्र्थापना केन्द्र (सिबिआरएस) बाहेक अन्यकुनै संस्थाबाट सहयोग पाउनुुभएको छैन ।

अहिलेसम्म ह्वीलचियर सिबिआरएसले नै उपलब्ध गराएको छ । नगरपालिका र वडाले पनि केही सहयोग गरेका छन् । तर भण्डारी यस्ता साना सहयोग अपेक्षा गर्नुहुुन्न । उहाँ भन्नुुहुुन्छ, ‘कतैबाट सहयोग पाए आफ्नै ब्राण्ड बनाएर मैनबत्ति र अगारबत्तिबेच्ने इच्छा छ ।’ संस्थागत उत्पादन थाल्नुुभएका उहाँलाई आफनो उत्पपादन ब्राण्डिङ गर्ने ज्ञान र त्यसको बजार विस्तार गर्ने सीप चाहिएको छ ।

परिवारको एक मात्र छोरा मोहन भण्डारीको १८ वर्षको कलिलो उमेरमा ट्याक्टर दुर्घटनामा परीकम्मरदेखि तलको भागनचल्ने भएको छ । बुटवल पावर कम्पनीको काम गर्न जाँदापाल्पा रामपुरमा २०५६ सालमा ट्याक्टर दुर्घटना भयो । भण्डारीले आफ्नो विगत कोट्याउादै भन्नुुभयो, ‘बिजुलीको तार तान्न हिडेको ट्याक्टर दुर्घटना ग्रस्त भयो । तारको रोलले मेरो कम्मरमा च्याप्यो जसले गर्दा मेरो कम्मरदेखि तलको भाग चल्नै नचल्ने भयो ।’पाल्पा मिसनमा दुई महिना उपचार गर्दासमेत केही प्रगति नभएपछि घर आएर बसेको भण्डारी बताउँनुुहुुन्छ ।

‘सुरुसुरुमा त दिन काट्न गाह्रो हुन्थ्यो । तर अचेल भ्याइनभ्याइ छ’हातमाआफैंले बनाएका मैनबत्ती देखाउदै भण्डारीले भन्नुुभयो । भण्डारी दुर्घटनामा परे लगत्तै शरीरका केही भाग नचल्ने भए । उहाँ शारीरिक अपाङ्ग हुुनुुभयो । तर, त्यो भएर के भो र? उहाँअहिले साङ्ग ब्यक्तिहरूलाई जागीर दिने हुनुुभएको छ ।

‘काम गर्नको लागि चाहिने सबैभन्दा ठूलो इच्छाशक्ति हो ।’ प्रेरणाका स्रोत बनेका भण्डारीले दुर्घटनामा परेको आठ बर्षपछि २०६४ सालबाट मैनबत्तीतथा अगरबत्ती बनाउन थालेको बताउनुुभयो । तत्कालीन अवस्थामा महिला विकास कार्यालयले उहाँकी सानी आमालाई दिएको तालिमपछि सानीआमाबाट उक्त तालिमको ज्ञान सिकेर काम गर्न थालेको भण्डारीले बताउनुुभयो । ‘बुबा म सानै हुँदा बित्नु भयो । घरको एक्लो छोरो भएका कारण केही गर्नुपर्छ भन्ने त मनमा थियो ।

तर, के गर्ने भन्ने कुरा थाहा थिएन ।’उहाँले अगाडि भन्नुुभयो ‘अपाङ्ग भएपछि सबै ठाउँमा जान पनि नसकिने रहेछ । सानिआमाले लिएको तालीमलाई मैले उपयोग गरेको छु । सायद सानीआमाले अहिलेसम्म बिर्सनु भयो होला । तर, मैले त्यो ज्ञानलाई व्यावसायिक रुप दिएर सार्थक तुल्याएको छुु ।’ यति खभनेर उहाँ फिस्स हाँस्नुुहुुन्छ ।

नयाँ संविधानले अपांगता भएका ब्यक्तिलाई पुनस्र्थापना गर्ने, उद्यमशील बनाउने अपांगता भएकाब्यक्तिले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने लगायत र परामर्शको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । राष्ट्रिय अपाङ्गमहासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले बताए अनुसार स्थानीयतहमा अपाङ्ग सम्बन्धी बजेट निर्माणदेखि अपाङ्गको क्षेत्रमा काम गर्नेसम्मको परामर्श महासंघले दिदै आएको छ ।

उहाँले दशै लगत्तै गण्डकी प्रदेशभित्रका स्थानीय प्रमुख र प्रशासकीय प्रमुखसंँग भर्चुअल कुराकानी गर्ने योजना रहेको बताउँदै खोमराजले मोहन भण्डारी जस्तै अन्य अपाङ्गता भएकाहरुको समस्यामा केन्द्रितभएर छलफल गर्ने र अपाङ्गा भएकाहरुका लागि स्वरोजगारी प्रबद्र्धन गर्ने योजना रहेको उहाँले बताउनुुभयो । घुम्ती सिबिर राखेर अपाङ्गता भएका ब्यक्तिलाई परिचयपत्र वितरण गर्नुपर्ने कानुनले तोकेको ब्यबस्था समेत कतिपय स्थानीयतहले कार्यन्यन नगरेको विषयलाई पनि स्थानीय तहहरूसँग छलफलमा उठाइने शर्माको योजना छ ।

भण्डारीले उत्पादन गरेको सामग्रीको बजारीकरणमा चेम्बर अफकमर्सले सहयोग गर्ने गल्याङ चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर रानाभाट (अर्जुन) ले बताउनुुभयो । रानाभाटले भन्नुुभयो, ‘उत्पादनमामात्रै होइन नयाँ प्रबिधिका मेसिनहरु प्रयोग गर्ने अवस्थासिर्जना भएमा पनि हामी सहयोग गछौं ।’यहाँको बजारमा प्रायःउहाँकै उत्पादन बिक्री भयरहेको हुँदा बजारीकरणमा खासै समस्या देखिएको छैन । बजारीकरण गर्न समस्या नै भएछ भने उत्पादित सामान खरिद गर्ने व्यवस्था पनि हामी मिलाउँछौं ।’

नगर प्रमुख भूपराज अधिकारीले यस विषयमा तत्काल केही प्रतिक्रिया दिन चाहनुुभएन र तर, सोही वडाका अध्यक्ष महेश भट्टराईले विगतमा पनि भण्डारीलाई आवश्यक सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न वडा समिति तयार हरेको बताउनुुभयो ।

फरक क्षमता भएकाहरूले केहीगर्न सक्दैनन्भन्ने मान्यता बोकेको हाम्रो समाजमा उदाहरण बनेका भण्डारी भन्नुुहुुन्छ,‘ अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले अवसर दिएर काम गर्ने प्रेरणा पनि सँगसँगै दिन सकियो भने जस्तोसुकै काम भएपनि सहज तरिका गर्न र सहज रुपमा जीउँन सकिदो रहेछ भन्ने मैले आफनै जीवनबाट सिकेको छु ।

सरकार प्रति तपाईंको केहीअ पेक्षाके छ भन्ने प्रश्नमा भण्डारी भन्नुुहुुन्छ ‘म त अलि अलि गर्न सक्ने भएको छु । हाम्रो नगरभित्र म जस्तै धेरै अपाङ्गता भएका ब्यक्तिहरु हुुनुुहुुन्छ । उहाँहरूलाई पनि म जस्तै उद्यमी बन्ने अवसर र हौसला दिनुस् । बस, त्यतिभए पुग्छ ।’अपाङ्गता भए पनि निरन्तर लगन र मिहिनेत गरेर उद्यमी बनेका भण्डारीको यो सन्देश सम्बन्धित निकायले सुन्नेर कार्यान्वयन गर्ने हो भने अपाङ्गता क्षेत्रमा ठोस काम हुने मात्र होइन धेरैको जीवनस्तरमा सुधार पनि हुनेछ ।