गाईको हत्या : हत्यामा संलग्न फरार

0
Shares

विनोद सिंह विष्ट,बैतडी ।

बैतडीमा गाईको हत्या भएको छ । जिल्लाको मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो । सोमबार राती गाईको हत्या भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गोठमा बाँधिराखेको अवस्थामा राती गोठमै गएर स्थानीय ३२ बर्षीय अशोक विष्टले गाईको हत्या गरेका हुन् । उहाँले भन्नुभयो,“विष्टले गोठमै गएर गाईको हत्या गरेको भन्ने खबर आएको छ, लौरो र हतियार प्रहार गरि मारेको रहेछ ।”

गाईको हत्या गरेपछि विष्ट फरार रहेका प्रहरीले जनाएको छ । फरार रहेका विष्टको प्रहरीले खोजी कार्य जारी राखेको छ । विष्टमाथि गौहत्याविरुद्धको मुद्धा दर्ता गरेर कानुन बमोजिम कार्बाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।