उद्योगी तथा सांसद केसीको अन्त्येष्टि, रानाभाटले झण्डा ओढाए, ३ छोराले दागबत्ती दिए

0
Shares

न्युज अफ नेपाल,कास्की ।

नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ सूर्यबहादुर (सिताराम) केसीकोे अन्त्यष्टि गरिएको छ । पोखराको शान्तिघाटमा मंगलबार केसीको अन्त्यष्टि गरिएको हो ।केसीको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटले पार्टीको झण्डा ओढाएका थिए । ३ जना छोराहरु प्रकाश, किरण र रोसनले केसीलाई दागबत्ती दिए ।

संघीय सांसद सूर्वबहादुर केसीको सोमवार राति निधन भएको हो। नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका सांसद केसीको मुस्ताङचोक स्थित आफ्नै घरमा निधन भएको हो ।केहिबर्ष पहिले मृगौला प्रत्यारोपण गरेका केसीलाई मधुमेह लगायतका रोगको समस्या रहेको थियो । सोमबार राति एक्कासी विरामी परेपछि निवास नजिकै रहेको चरक मेमोरियल अस्पताल लैजाँदै गर्दा राति १० बजेर ४५ मिनेट जाँदा निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा १० जेठ २०१४ मा जन्मेका केसीले औद्योगिक प्रतिष्ठान मात्र होइन, यहाँको बैंकिंग, हाईड्रो, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको उन्नति र प्रगतीका लागि समेत महत्वपूर्ण योगदान दिएका छन् ।

केसी तत्कालिन पोखरा नगरपञ्चायतका प्रधानपञ्च, बरिष्ठ उद्योगपति, नेपालमै पहिलो चाउचाउ राराको उत्पादन कर्ता, माछापुच्छ्रे बैंकका संस्थापक, विगतमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत भएका र पहिलो संविधानसभामा सभासद् रहेका उनी पछिल्लो संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फबाट संघीय सांसद बनेका हुन् ।उनको परिवारमा तीन छोरा, एक श्रीमति तीन बुहरी, ६ जना नातिनातिना छन् ।